अन्तर्वार्ता/विचारमंगलबार, जेठ २७, २०७१
‘५१ जना जन्ती अब कम हुन्छ’
यो विधेयक किन ल्याइएको हो ?
समाजमा बसीसकेपछि सबैले निश्चित दायित्व निर्वाह गर्नुुपर्छ । सांस्कृतिक गतिविधि गर्दा पनि विचार पु¥याउनु पर्छ भन्ने यसको अर्थ हो । समाजलाई इन्ट्याक्ट राख्ने जिम्मेवारी धनी, मध्यम र गरिब सबैको हो । तसर्थ एकअर्काको गतिविधिले समाजको मर्यादामा खलल नपुगोस् भनेर व्यवहार सुधार विधेयक ल्याइएको हो ।
हाम्रो सामाजिक व्यवहार, कानुन बनाएरै सुधार्नु पर्ने अवस्थामा पुगेको हो ?
त्यसो भन्नु भन्दा पनि ‘सामाजिक व्यवहार (सुधार) ऐन, २०३३’ लाई समसायिक बनाउन खोजिएको हो । पुरानो ऐनलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याइएको हो । जस्तो ५१ जना मात्रै जन्ती जाने व्यवस्था २०७१ मा व्यवहारिक नदेखिएकाले बढाइएको हो ।
आफ्नै सम्पत्ति खर्च गर्न पनि रोक लगाउन मिल्छ ?
आफ्नो सम्पत्ति खर्च गर्दा पनि समाजमा अरुलाई पर्ने असरबारे विचार गर्नुपर्छ । जस्तो दाईजो आफ्नै छोरीलाई दिने हो भनेर व्यवहार गर्दा सम्पत्ति नभएकाहरूलाई नकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले दाइजोको पनि सिमा तोक्न खोजिएको हो । भड्किलो तरिकाले खर्च गर्नेलाई ऐनमार्फत बन्देज लगाउन खोजिएको हो ।
तर ऐन बन्नु नै समस्याको समाधान होइन भन्ने त यसअघिको अनुभवले नै देखाउँदैन र ?
कार्यान्वयनमा नजाने हो भने ऐन बन्नु र नबन्नुको अर्थ छैन । तर कार्यान्वयनमा लैजान भएका ऐनलाई समय अनुसार परिमार्जित गर्नु अनिवार्य छ ।
संसदबाट विधेयक पारित हुने र ऐन कार्यान्वयन हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?
मलाई संसदबाट पारित हुँदैन भन्ने लाग्दैन । यसलाई समय सुहाउँदो बनाएर कार्यान्वयनमा लैजान्छौं, लैजानुको विकल्प पनि छैन ।