रमझमसोमबार, जेठ १९, २०७१

‘चिप स्टार हमाल’

हिमालखबर

राजेश हमालको बिहेको विषयमा वर्षौंदेखि सार्वजनिक उत्सुकता थियो। हुन पनि, नेपाली चलचित्रका यी सुपरस्टार ५० कटिसक्दा पनि कुमारै दौडिरहेका थिए। त्यो देखेका सिने पत्रकारहरुले उनको बिहेबारे अनेक अड्कलबाजी गरेका थिए। ती अड्कलबाजीमा सुपरस्टारको बिहे हुँदैन कि भन्ने चिन्ता र होस् भन्ने चाहना मिसिएको हुन्थ्यो। तर, जब १० जेठमा बिहे हुने निश्चित भएको खबर आयो, मिडियाकर्मीले फोटो, भिडियो खिच्न नपाउने उर्दी पनि सँगै आयो।

अन्नपूर्ण होटलको कुमारी हलमा राजेशको बिहे भइरहँदा पत्रकारहरुलाई विवाहस्थलमा प्रवेश निषेध थियो। र पनि, पत्रकारहरु ‘हमाल ठूलो स्टार भएकोले’ बाहिर पर्खिरहे। तीन–चार घन्टा कुरेका पत्रकारहरुले अन्त्यमा दुलाहा–दुलहीको फोटो खिचेर आ–आफ्ना संचारमाध्यम र फेसबुकबाट सार्वजनिक गरे।

तर, पत्रकारले खिचेर छापेका सौम्य तस्वीरहरुबाट राजेशको चित्त बुझेनछ क्यारे आफ्नो फेसबुकमा अर्कै किसिमको तस्वीर छरे, जसमा महानायक मदिराको बोतल र दुलहीका साथ सुहागरात मनाउन बेडमा बसेका थिए।

हमाल जस्ता स्टारको त्यो तस्वीर निकै ‘चिप’ थियो।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>