अर्थ/बजारबुधबार, जेठ २८, २०७१
सहकारीमार्फत् सर्वसाधारणको रकम ठग्ने ११ जनालाई कैद सजाय
जिल्ला अदालत मकवानपुरले थाहा नगरपालिकाको दामन दोबाटोस्थित पालुङ वचत तथा ऋण सहकारी संस्थाको रकम ठगी गर्ने ११ जनालाई तीन वर्षको कैद सुनाएको हो । अदालतले २८ जेठमा उनीहरुलाई रु.३ करोड ६२ लाख ३२ हजारको जरिवानाको फैसला पनि गरेको छ ।
सर्वसाधारणले वचत गरेको रकम ठगेको ठहर गर्दै अदालतले सहकारीका संचालक समितिका अध्यक्ष रामबहादुर बस्नेत, रामबहादुर बस्नेत, आईतीमाया बस्नेत, हरि बस्नेत, मिनबहादुर बस्नेत, तुलसीकुमारी बस्नेत, सुरेन्द्र बस्नेत, सरिता बस्नेत, मनोहर बस्नेत, सिताराम विष्ट, रामहरि विष्ट र सुरेन्द्र कार्कीलाई कैद सजायको फैसला सुनाएको हो ।
जिल्ला अदालतका न्यायाधीश वासुदेव पौडेलको ईजलासले फैसला सुनाएको हो । ठगीमा संलगन रामबहादुर बस्नेत, आईतीमाया, हरि, मिनबहादुर, तुलसीकुमारी भने फरार छन् । अरु भने पुर्पक्षका लागि भिमफेदी कारगारमा छन् ।
सहकारीमा साधरण सदस्य तथा कर्मचारी भएर काम गर्ने ८ जनालाई भने अदालतले सफाइ दिएको छ । सहकारी सञ्चालकहरु वचतकर्ताको रकम लिएर फरार भएपछि पीडितहरुले २० पुस २०६९ मा जिल्ला अदालत मकवानपुरमा मुद्दा दायर गरेका थिए ।
सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
