खेलकुदबुधबार, जेठ २८, २०७१
युवराज लामा फेरि अदालत जाने
राखेपका सदस्यसचिव लामाले मन्त्री पौडेलविरुद्ध सर्वोच्चमा मानहानी मुद्दा हाल्ने भएका हुन् । सर्वोच्चको आदेशको खिल्ली उडाउँदै मन्त्री पौडेलले आफूलाई राखेपमा काम नगर्न आदेश दिएको भन्दै लामाले फेरि अदालतको ढोका ढकढकाउने बताएका छन् ।
मन्त्री पौडेलले २८ जेठमा पत्रकार सम्मेलन गरेर लामालाई सदस्यसचिवको हैसियतले कुनै काम नगर्न पत्राचार गरेका थिए ।
यसअघि पौडेलले २ जेठमा राखेपको सदस्यसचिवबाट हटाएपछि लामा सर्वोच्चमा पुगेका थिए । लामालाई हटाउनु गैरकानूनी भन्दै सर्वोच्चले १९ जेठमा पुनर्वहालीको फैसला सुनाएको थियो । सर्वोच्चले २६ जेठमा रिटमाथि फैसला सुनाउने भनेको थियो ।
तर, मन्त्री पौडेलले सर्वोच्चको फैसला आउनु अघि नै लामालाई काम नगर्न भन्दै पत्राचार गरेका हुन् । पत्रपछि सदस्यसचिव लामाले मन्त्री पौडेलको कमदविरुद्ध अदालत जाने प्रतिक्रिया दिएका हुन् ।
दीपेन्द्र सापकोटा, काठमाडौं