Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
६४ वर्षपछि घरेलु मैदानमा ब्राजिलको अग्निपरीक्षा - Himalkhabar.com

खेलकुदबिहीबार, जेठ २९, २०७१

६४ वर्षपछि घरेलु मैदानमा ब्राजिलको अग्निपरीक्षा

हिमालखबर

विश्वकप फुटबल ट्रफीको अनुकृति अगाडी ब्राजीली टोलीको जस्तो जर्सी लगाएको कुखुरा म्याराकाना स्टेडियम नजिक । तस्वीरः एपी

सन् १९५० मा ब्राजिलको माराकना स्टेडियममा करिब २ लाख २० हजार दर्शकमाझ ब्राजिली खेलाडी फ्रियकाले पहिलो गोल गरेपछि ब्राजिलका प्रशंसकहरुको उत्साह झनै बढ्यो । तर, उरुग्वेले उक्त प्रतियोगिता २–१ ले जितेर विश्वकप–१९५० को उपाधि आफ्नो नाममा गरायो ।

विशाल स्टेडियममा सन्नाटा छायो । ब्राजिलीहरुले सबैभन्दा राम्रो दिनको रुपमा लिइरहेको त्यो दिन एकैछिन ‘निराश दिन’ भइदियो ।

ब्राजिली मिडियाले यो प्रतियोगितालाई ‘म्यराक्यानाजो’ अर्थात ‘ठूलो त्रासदी’ भने । ब्राजिलमा अझै पनि कुनै ठूलो त्रासदीका लागि यही शब्दको प्रयोग हुन्छ ।

६४ वर्षपछि संसारका आँखा फेरि ब्राजिलतर्फ एकोहोरिएका छन् । ब्राजिलमा लामो समयदेखि चलेको विरोध प्रदर्शन र हिंसाले गर्दा कतिपयले यसपटक फेरि ‘म्यराक्यानाजो’ दोहोरिने अनुमान पनि गरेका छन् ।

तर २०१४ र १९५० मा निकै फरक छ । धेरै ब्राजिलीका लागि फुटबल विश्वकप भन्दा धेरै हो । यो विश्वकपले पछिल्ला केही वर्षहरुमा ब्राजिलमा सामाजिक र आर्थिक क्षेत्रमा नाटकीय परिवर्तन ल्याइदिएको छ ।

ब्राजिलका राष्ट्रपति दिल्मा रुसेफ़ले अहिलेको विश्वकप अन्य सबै विश्वकप भन्दा ‘शानदार’ हुने बताएका छन् । आगामी अक्टोबरमा ब्राजिलमा राष्ट्रपतिको निर्वाचन हुँदैछ ।

विश्वकपका सबै ३२ लाख टिकट बिक्री भइसकेको छ र यसअविधिमा ६ लाख विदेशी पर्यटक भित्रिने ब्राजिलको अनुमान छ । ब्राजिलका लागि यो विश्वकप निर्णायक मौका हो राष्ट्रिय एकताका लागि पनि ।

ब्राजीलका खेलमन्त्री एल्डो रेबेलो भन्छन, “केही हताश मानिसहरु विश्वकपविरुद्ध अभियान चलाइरहेका छन् तर यसले आयोजनालाई केही फरक पर्ने छैन ।” ब्राजिलमा फिफाको कुनै पनि आयोजनामा त्यसको सकारात्मक वा नकारात्मक भए पनि तिब्र प्रतिक्रिया हुनेगर्छ ।

साओ पाओलोमा १२ जुनको विश्व कपको पहिलो प्रतिस्पर्धा हुन अब केही घण्टामात्रै बाँकी छ र ब्राजिलका जनताको व्यहोरा आन्दोलनबाट फुटबल उत्साहतर्फ मोडिएको छ ।

ब्राजिलका सबै ठूला साना शहर बजार हरियो र पहेंलो रंगले सजिएका छन् । मेट्रो ट्रेन, कफी सपदेखि आवासीय क्षेत्रमा ‘कोपा डो मुण्डो (विश्वकप)’ कै चर्चा छ ।

स्थानीय पत्रिका ‘फोल्हा डे साओ पाओलो’ का वरिष्ठ स्तम्भकार एंटोनियो प्रैताले लेखेका छन्, “विश्वभरका उत्कृष्ट खेलाडी हाम्रो स्टेडियममा भेला हुँदैछन्, यस्तो बेला विरोधको कुनै अर्थ छैन ।”

नेपाली समय अनुसार २९ जेठ राति पौने दुई बजे साओ पाओलोको इताक्वेरा स्टेडियममा ब्राजील र क्रोएशियाका बीच हुने विश्वकपको पहिलो म्याचको शुरुवातका साथ नै धर्तीको सबैभन्दा ठूलो खेलको शुरुआत हुनेछ ।

तस्वीर: एपी

फुटबलको देश
विश्वमै फुटबलको देशको रुपमा चिनिएकोमा ब्राजिलियनहरु गर्व गर्छन् । घरेलु मैदानमै फुटबलको महायोजन हुँदै गर्दा यहाँका नागरिकमा उत्तेजना छ ।

साओ पाओलो वरपरका गल्ली, पसल, घर, रेष्टुँरामा समेत हरियो र पहेंलो रंगका ब्रजिली झण्डा फहराईरहेका छन् ।
प्रतियोगिताको तयारीमा सबै १२ स्टेट-अफ़-द-आर्ट स्टेडियम खेलका लागि तयार पारिएका छन् ।

स्थानीय वातावरणमा आफूलाई बानी पार्न विदेशी टीमहरु देशका विभिन्न शहरहरुमा जान शुरु गरिसकेका छन् ।

छैटौं जीतको आशा
ब्राजिलले सन् १९५८ देखि अहिलेसम्म ५ पटक विश्वकप जितिसकेको छ । प्रत्येक जीतसँगै ब्राजिली टिमको झण्डामा एउटा तारा थपिएको छ । ब्राजिलीहरु अहिले फुटबल टोलीको झण्डामा ‘छैटौं तारा’ का बारेमा कुरा गर्दै उत्साहित देखिन्छन् ।
१२ जुनमा फुटबल विश्वकपको शुरुवातसँगै ब्राजिलको गौरवशाली फुटबल इतिहासमा एउटा नयाँ अध्याय थपिनेछ । स्पेन, जर्मनी, अर्जेन्टिना जस्ता बलिया टोलीका अगाडि ब्राजिली फुटबल टोलीलाई आफ्नो झण्डामा छैटौं तारा थप्न भने त्यती सजिलो छैन ।
बीबीसीको सहयोगमा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>