अर्थ/बजारबिहीबार, जेठ २९, २०७१

महंगियो भान्सा

हिमालखबर

नेपाल राष्ट्र ब्यांकले २९ जेठमा सार्वजनिक गरेको आर्थिक वर्षको १० महीनाको तथ्यांक अनुसार खाद्य तथा पेय पदार्थमा १२.९ प्रतिशतले मूल्यवृद्धि भएको छ । अघिल्लो वर्ष यही अवधिमा खाद्य तथा पेय पदार्थमा ८.७ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

राष्ट्र ब्यांकको तथ्यांक अनुसार पछिल्लो १० महीनामा तरकारीको वृद्धिदर ३१.६ प्रतिशत छ । फलफूलमा १५.८ प्रतिशत, मासु तथा माछामा १३.७ प्रतिशतले वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

राष्ट्र ब्यांकले आर्थिक वर्षको १० महीनामा ९.७ प्रतिशतले मूल्यवृद्धि भएको जनाएको छ । अघिल्लो वर्ष यो अवधिमा ८.७ प्रतिशतले मूल्यवृद्धि भएको थियो ।

लत्ता कपडा, जुत्ताचप्पल, घरायसी उपकरणको मूल्यमा पनि वृद्धि भएको तथ्यांकमा उल्लेख छ ।

क्षेत्रगत आधारमा तराईमा सबैभन्दा बढी १०.४ प्रतिशतले मूल्यवृद्धि भएको छ । काठमाडौं उपत्यकामा ९.९ प्रतिशत, पहाडमा ८.६ प्रतिशत मूल्यवृद्धि भएको राष्ट्र ब्यांकले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>