रमझमबिहीबार, जेठ २९, २०७१
अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव शुरु
श्रव्यदृश्यका माध्यमबाट आदिवासी जनजातिको पहिचान तथा अधिकारलाई थप उजागर गर्ने ध्येयले आठौं अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव २९ जेठदेखि काठमाडौंस्थित सभागृहमा शुरु भएको छ ।
३१ जेठसम्म जारी रहने महोत्सवमा नेपाललगायत भारत, जापान, बेल्जियम, ब्राजिल, पेरु, बोलिभिया आदि देशमा बनेका ६० छोटा चलचित्र प्रदर्शनी हुने भएका छन् । प्रतियोगितात्मकसमेत रहेको महोत्सवको निर्णायक मण्डलमा जिएल भारतद्वाज (भारत), निमो गुजी नावामी (जापान) र अनिता गुरुङ (नेपाल) छन् ।
संस्कृतिविद् सत्यमोहन जोशीले महोत्सवको शुभारम्भ गर्दै आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न चलचित्र महोत्सवले योगदान दिने विश्वास व्यक्त गरे ।
महोत्सवका संयोजक सन्जोग लाफा मगरले आदिवासीका जीवन्त मौलिक संस्कृतिभित्रका अन्तर्वस्तुलाई थप उजागर गर्न महोत्सव आयोजना गरिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>