Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकपमा ‘गोल्डन बुट’ जित्नेहरु - Himalkhabar.com

खेलकुदबिहीबार, जेठ २९, २०७१

विश्वकपमा ‘गोल्डन बुट’ जित्नेहरु

हिमालखबर

सन् १९६६ मा चिलीमा भएको विश्वकपमा बराबरी ४ गोल गर्ने ६ जना खेलाडीहरुलाई संयुक्तरुपमा गोल्डन बुट दिन थालिए पनि त्यसपछि भने थप गोल गर्न सहयोग पुर्‍याएको र छोटो समयमा गोल गरेको जस्तो आधार बनाएर फिफा टेक्निकल टिमले एकजनालाई मात्रै गोल्डन बुट दिन थालेको छ ।

सन् १९३० मा उरुग्वेमा आयोजना भएको पहिलो विश्वकप फुटबलमा अर्जेन्टिनाका गुइलरमोले ‘गोल्डन बुट’ पाएका थिए भने सन् १९३४ मा इटलीमा भएको विश्वकपमा ५ गोल गरेका चेकोस्लाभाकियाका अल्ड्रिच निजेड्लीले गोल्डेन बुट प्राप्त गरे ।

१९३८ मा फ्रान्समा भएको विश्वकप फुटबलमा ‘बाइसाइकल किक’ टेक्निकको शुरुवात गरेर चर्चामा आएका ब्राजिलका लियोनिडेस डा सिल्भाले ७ गोल गरेर गोल्डेन बुट प्राप्त गरे ।

सन् १९५० मा ब्राजिलमा आयोजित विश्वकप फुटबलमा अदिमिरले सर्वाधिक ८ गोल गरेर ‘गोल्डन बुट’ जितेका थिए । अदिमिरले बुट जिते पनि त्यसबेला ब्राजिल फाइनलमा उरुग्वेसँग हार्नुपरेको थियो ।

सन् १९५४ मा दुई ह्याट्रिकसहित ११ गोल गरेका हंगेरीका स्याण्डोर ककसिसले गोल्डन बुट प्राप्त गरे । तर फाइनलमा पुगेको हंगेरीले जर्मनीसँग ३–२ ले हार्नु परेको थियो ।

सन् १९५८ मा स्वीडनमा भएको विश्वकपमा ‘गोल्डन बुट’ फ्रान्सका फुटबलर जस्ट फोन्टेनले पाएका थिए । उनले ६ खेलमा १३ गोल गरेका थिए । त्यसबेला महान फुटबल खेलाडी पेलेले जम्मा ६ गोलमात्रै गर्न सकेका थिए ।

सन् १९६२ मा चिलीमा भएको विश्वकपमा भने ६ जनाले संयुक्तरुपमा गोल्डन बुट पाए । हंगेरीका फ्लोरियन अलबर्ट, रुसी खेलाडी भ्यालेन्टिन इभानोभ, युगोस्लाभियाका ड्रयाजेन जर्कोभिक, चिलीका लियोनेल सान्चेज, ब्राजिलका भाभा र ब्राजिलकै ग्यरिन्चा प्रत्येकले ४–४ गोल गरेका थिए ।

सन् १९६६ मा इंग्ल्याण्डमा आयोजित विश्वकपमा पोर्चुगलका खेलाडी एयोसियिबोले सर्वाधिक ९ गोल गरेर ‘गोल्डन बुट’ प्राप्त गरे । उनीसँगै जर्मन खेलाडी गर्ड मुलरले ‘सिल्वर बुट’ पाएका थिए ।

अर्जेन्टिनाका महानतम खेलाडीहरुमध्येका मारियो केम्पसले सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा ‘गोल्डन बुट’ जिते ।

१९६६ मा ‘सिल्वर बुट’ मा चित्त बुझाएका मुलरले ४ वर्षपछि सन् १९७० मा मेक्सिकोमा आयोजित विश्वकपमा १० गोल हानेर ‘गोल्डन बुट’ को उपाधि आफ्नो पोल्टोमा पारेका थिए ।

१९७४ मा पश्चिमी जर्मनीमा भएको विश्वकपमा ७ गोल गरेका पोल्याण्डका ग्रेजगोरेज लातोले ‘गोल्डेन बुट’ पाए । त्यसवर्ष पोल्याण्ड तेस्रो स्थानमा रह्यो ।

अर्जेन्टिनाका महानतम खेलाडीहरुमध्येका मारियो केम्पसले सन् १९७८ मा अर्जेन्टिनामा भएको विश्वकपमा ‘गोल्डन बुट’ जिते । मारियोको अद्भुत खेलका कारण त्यसवर्ष अर्जेण्टिनाले विश्वकपको उपाधि समेत हात पारेको थियो ।

सन् १९८२ मा स्पेनमा भएको विश्वकपमा इटलीका अग्ला खेलाडी पाअलो रोसीले सर्वाधिक ६ गोल गरेका थिए । यसवर्ष इटली विश्वविजेता बन्यो ।

सन् १९८६ मा मेक्सिकोमा भएको प्रतियोगितामा इंग्लायण्डका गेरी लिनेकरले ‘गोल्डन बुट’ पाए भने सन् १९९० मा इटलीमा भएको विश्वकपमा इटलीकै साल्वातोरले ‘गोल्डन बुट’ पाएका थिए ।

ब्राजिलका सुपरस्टार खेलाडी रोनाल्डोले २००२ मा दक्षिण कोरिया र जापानमा संयुक्तरुपमा भएको विश्वकप फुटबलमा ८ गोल गरेर ‘गोल्डन बुट’ मा कब्जा जमाए । त्यसवर्ष ब्राजिललाई जिताउनुमा रोनाल्डोको ठूलो योगदान रह्यो ।

सन् २००२ मा ‘सिल्वर बुट’ पाएका जर्मनीका मिरोस्लाभ क्लोजले २००६ मा जर्मनीमै भएको विश्वकपमा ‘गोल्डन बुट’ पाए तर उनको टिम भने तेस्रो स्थानमा रह्यो ।

सन् २०१० मा दक्षिण अफ्रिका भएको प्रतियोगितामा पनि जर्मनीका खेलाडी टमस मुलरले ‘गोल्डन बुट’ पाए । टमसले ५ गोल गरेका थिए भने जर्मनी तेस्रो स्थानमा रहेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>