खेलकुदशुक्रबार, जेठ ३०, २०७१
ब्राजिलको जीत
विश्वकपको उदघाटन खेलमा ब्राजिलले ३-१ गोलले क्रोएसियालाई हराएको हो । साउपाउलो स्टेडियममा ३० जेठ बिहान सकिएको खेलमा ब्राजिलले सहज जीत हात पारेको हो ।
समुह ए मा रहेको ब्राजिलको तीन अंक भएको छ । ब्राजिलले शुरूदेखि नै आक्रमक खेल पस्किएको थियो ।
ब्राजिलीयन मिडफिल्डर मार्सेलोको आत्मघाती गोलसॅगै क्रोएसियाले ११ औं मिनेटमै अग्रता लिएको थियो । तर, स्ट्राइकर नेयमारले २९ औं मिनेटमा बराबरी गोल फर्काए ।
नेयमारले ७१ औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे । क्रोएसियाली रक्षकले फ्रेडलाई डिबक्स भित्र लडाएपछि ब्राजिलले पेनाल्टीको मौका पाएको हो ।
खेलको अतिरिक्त समयमा ओस्कारले एक गोल थपे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>