Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नेमारको जादु चल्यो, ब्राजिलको विजयी शुरुवात - Himalkhabar.com

खेलकुदशुक्रबार, जेठ ३०, २०७१

नेमारको जादु चल्यो, ब्राजिलको विजयी शुरुवात

हिमालखबर

तस्वीर: एएफपी

ब्राजिलमा जारी २० औं फिफा विश्वकपको पहिलो खेलमा ब्राजिलले क्रोएशियालाई ३–१ ले हराएको छ । फिफा विश्वकप पाँच पटकसम्म जितिसकेको ब्राजिलले ६४ वर्षपछि फिफा विश्वकप आयोजना गर्ने मौका पाएको हो । यसअघि सन् १९५० मा ब्राजिलमा विश्वकपको आयोजना भएको थियो । त्यसबेला फाइनलमा उरुग्वेसँग ब्राजिलले हार व्यहोरेको थियो ।

अमेरिकी गायिका जेनिफर लोपेजको गीतसँगै भव्य उद्घाटन कार्यक्रमपछि जसै दुवै टिम मैदानमा उत्रिए त्यसबेला पूरै स्टेडियम पहेंलो देखिएको थियो ।

किक अफ भएपछि ब्राजिलको टिम मैदानमा राम्रोसँग जम्न नपाउँदै ११ औं मिनटमा क्रोएशियाका ओलिसले ब्राजिलको गोल बक्स अगाडि निकिसा जेलाविचलाई दिएको पास जेलाविचले फ्लिक गरे र ब्राजिलका मार्सेलो विएरोको खुट्टामा ठोकिंदै बल गोलबक्स भित्र पस्यो । गोलकीपर जुलियो सिजर हेरेको हेर्‍यै भए ।

मार्सेलोको आत्मघाती गोलपछि आक्रमक खेल थालेको ब्राजिलका ओस्करको जोडदार प्रहारलाई क्रोएशियाका गोलकिपर प्लेतिकोसाले बचाए ।

तस्वीर: गेट्टी इमेजेज

त्यसपछि ब्राजिलका होनहार खेलाडी मानिएका नेमारले क्रोएशियाका खेलाडीलाई लडाएपछि उनले पहेंलो कार्ड पाएका थिए ।

पहेंलो कार्ड पाए लगत्तै नेमारले खेलको २९ औं मिनटमा ओस्करले दिएको पासलाई पेनाल्टी एरिया बाहिरबाट बायाँ खुट्टाले हानेको जोडदार शट पोलमा ठोक्किंदै गोलमा परिणत भयो ।

मध्यान्तरसम्म १–१ को बराबारी रहेको खेलमा ब्राजिलको दबदबा भने कायमै थियो यद्दपी ब्राजिलको डिफेन्स जम्न सकेको थिएन ।

आफ्नो तेस्रो विश्वकप खेलिरहेको क्रोएशियाका गोलकिपर प्लेतिकोसाले ओस्कार र नेमारको संयोजनको सामना गर्दै धेरै बललाई गोल हुनबाट जोगाए ।

खेलको दोस्रो हाफमा ब्राजिलको आक्रमणबाट क्रोएशियाका खेलाडीहरु दबाबमा देखिएका थिए । ७१ औं मिनटमा क्रोएशियाका डेन्जेल प्रान्जिकले पेनाल्टी एरियामा ब्राजिलका फ्रेडलाई समाउने कोशिश गरेपछि जापानी रेफ्री निशिमुराले ब्राजिलका पक्षमा पेनाल्टी किक दिएका थिए जस्लाई नेमारले गोलमा परिणत गरेर टिमलाई २–१ ले अघि बनाए ।

यसपछि ब्राजिलका ओस्करले इञ्जुरी समयमा मिडल लाइनबाट बल अघि बढाउँदै क्रोएशियाका सबै डिफेन्डर र अन्तमा गोलकिपरलाई समेत छलाउँदै गोल गरे । अन्ततः घरेलु टिम ब्राजिलले ३–१ ले क्रोएशियालाई हराउँदै महत्वपूर्ण तीन अंक प्राप्त गर्‍यो ।

आज (१३ जुन) मा फिफा वल्र्डकपमा तीन खेल खेलिने छन् । पहिलो प्रतियोगिता ग्रुप–ए मा मेक्सिकोले क्यामरुनको सामना गर्नेछ भने दोस्रो खेलमा ग्रुप–बी का स्पेन र हल्याण्डबीच हुनेछ ।

त्यसैगरी तेस्रो खेल ग्रुप–बी कै चिली र अष्ट्रेलियाबीच हुँदैछ । स्पेन सन् २०१० को विश्वकप विजेता हो भने हल्याण्ड उपविजेता हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>