खेलकुदआइतबार, आषाढ १, २०७१

इटलीले इंग्ल्याण्डलाई २–१ ले हरायो

हिमालखबर

इंग्ल्याण्डका स्टार खेलाडी बेन रूनीले खेलको पहिलो हाफमा राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफमा कैयौं मौका सदुपयोग गर्न नसक्दा असफल भए ।

शुरुमा इंग्ल्याण्डका हेन्डरसन र रहिम स्टर्लिंगले केही राम्रा ‘मुभ’ बनाए पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।

खेलको पहिलो गोल इटलीका मार्चिसियोले ३४ औं मिनटमा गरे । त्यसलगत्तै खेलको ३६ औं मिनटमा इंग्ल्याण्डका डेनियल स्टरिजले वेन रुनीको पासमा उत्कृष्ट गोल गरेर खेललाई १–१ को बराबारीमा पु¥याए ।

५० औं मिनटमा इटलीका खेलाडी मारियो बेलोटलीले हेड गर्दै गोल गर्न सफल भए ।

त्यसपछि इंग्ल्याण्डका खेलाडीले गरेको प्रयास इटलीको रक्षापंक्तिले असफल बनाइदियो ।

खेलको ५३ औं र ६२ औं मिनटमा इंग्ल्याण्डका वेन रुनीले गोल पोष्ट नजिक पुगे पनि गोल गर्न सकेनन् भने ७७ औं मिनटमा पाएको कर्नर किकलाई रुनीले राम्रोसँग ह्याण्डल गर्न नै सकेनन् ।

अन्तमा इटलीले २–१ ले खेल आफ्नो पक्षमा बनायो ।

जापान आइभरीकोस्टसँग हार्‍यो

त्यस्तै तेस्रो खेलमा दुई मिनटको अन्तरमा दुई गोल गरेर आइभरीकोस्टले जापानलाई हराएको छ ।

खेलको १६ औं मिनेटमा जापानका केसुके होन्डाले गोल गरेपछि उत्साहित भएका जापानी खेलाडीहरु त्यसपछि भने जम्न सकेनन् ।

पहिलो हाफमा १–० ले पछाडि परेको आइभरिकोस्टले ६४ औं मिनेटमा पहिलो र ६६ औं मिनेटमा दोस्रो गोल गरेर बाजी आफ्नो पक्षमा पार्‍यो ।

आइभरीकोस्टका अउरियर सर्जले मिलाएको पासमा जारभिन्हो र बोनी विलफ्राइडले गोल गरेका थिए ।

सर्जले डि बक्सबाहिरबाट निकालेको क्रसमा बोनीले हेडमार्फत गोल गरेका थिए भने त्यसलगत्तै सर्जले पुन डिबक्सबाहिरबाट गरेको क्रस लाई जारभिन्होले हेडमार्फत गोल गरे।

स्ट्राइकर डिडियर ड्रोग्बा मैदान छिरेपछि खेल रोमाञ्चक भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...