Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सम्पदा संरक्षणमा चीन (फोटो फिचर) - Himalkhabar.com

थप समाचारआइतबार, आषाढ १, २०७१

सम्पदा संरक्षणमा चीन (फोटो फिचर)

डम्बरकृष्ण श्रेष्ठ

शब्द र तस्वीरः डम्बरकृष्ण श्रेष्ठ, चीनमा
आर्थिक वृद्धि र विकासबाट विश्वलाई प्रभावित पारिरहेको चीन ऐतिहासिक सम्पदा, संस्कृति र वातावरण संरक्षणमा पनि अगाडि छ । ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले महत्वपूर्ण सिआन, औद्योगिक शहर ताईयुआन र जिङ्गशु प्रान्तको पोर्ट सिटी झङजियागाङलाई हेर्दा यसो भन्न हुँदैन ।

दुई साताको यात्रामा क्रमशः १० लाख, ४० लाख र ८० लाख जनसंख्या भएको झङजियागाङ, ताईयुआन र सिआन शहरमा मनग्ये हरियाली देखियो । ‘ग्रीन सिटी’ का रूपमा विकसित शहरका सडकहरूमा यातायातका ठूला साधनदेखि साइकल र बटुवासम्मलाई फरक–फरक ‘लेन’ छुट्याइएको छ । तीन हजार वर्ष पुरानो इतिहास, संस्कृति र भौतिक संरचनाको संरक्षण यसरी गरिएको छ, मानौं ती अहिलेकै सिर्जना हुन् ।

सिआन
चिनियाँ सभ्यताको एउटा केन्द्र सिआनको सम्पदा संरक्षण विश्वमै चर्चित छ । यहाँको छिङ वंशीय प्रथम सम्राटको समाधिस्थल र टेराकोटा सिपाहीहरू विश्वका आठौं आश्चर्यभित्र पर्छन् । सन् १९८७ मा विश्व सम्पदा सूचीमा परेको समाधिस्थलमा ५०० सैनिक, १८ सैनिक वाहन र १०० भन्दा बढी घोडाका ‘लाइफ साइज’ का मूर्ति छन् ।

५६ वर्ग किलोमीटरको समाधिस्थल क्षेत्रमा ५० हजारभन्दा बढी ऐतिहासिक वस्तु छन् । टाङ प्याराडाइज, संग्रहालय, पुरानो सिल्क रोडको नमूना र सिटी वालले सिआनमा तीन हजार वर्ष पुरानो इतिहासलाई सजीव बनाएको छ । शहर बाहिरको चेन्लु गाउँमा प्राचीन भौतिक संरचना र जीवन शैलीलाई यथावत् राखिएको छ ।

ताईयुआन
फेन र फेरेर नदी किनारमा रहेका औद्योगिक शहर ताईयुआन पूरै चीनमा ड्रागन सिटीको नामले प्रशिद्ध छ । विगतमा महŒवपूर्ण सामरिक क्षेत्रका रूपमा रहेको यो शहरको पहाडी भेगलार्ई ड्रागनको शिर, शहरलाई शरीर र नदीलाई पुच्छर मानिन्छ । तीन हजार वर्ष पुरानो यो शहरले भौतिक सम्पदा र वातावरणलाई यथावत् राखेर आधुनिक विकासलाई गति दिएको छ । आधुनिक शहर स्थापना भएको १०० वर्षमा यसले ठूलै फड्को मारेको छ ।

फेन रिभर पार्क, चेङफेङ कल्चर एन्ड बिजनेश एरिया आदि औद्योगिक क्षेत्र, ‘ग्रीन सिटी’ ताईयुआनको आधुनिक आकर्षण हुन् । २८० एकडमा फैलिएको पुरानो डम्पिङ साइट काङमेङ फरेष्ट पार्कको रूपमा पर्यटकको आकर्षण बनेको छ ।

ताईयुआनको भेनिगर र स्टेनलेश स्टील उद्योग पूरै चीन र बाहिर पनि प्रख्यात छ । उद्योगहरूले वातावरण संरक्षणका ठूल्ठूला योजना सञ्चालन गरेका छन् । शहरमा पर्यटकलाई आकर्षित गर्न साँझपख लाइट शो देखी थिएटर हलमा इतिहासीक, साँस्कृतिक ड्रामा शो, ताइ युन फुड स्ट्रिटमा परम्परागत संस्कृति र जाँदु, सर्कस र लोक गीतका प्रस्तुतिहरुकाट स्थानीय कलाकारहरुको अदभुत प्रतिभा प्रर्दशन गर्ने ब्यावस्था छ ।

झङजियागाङ
भीमकाय औद्योगिक–व्यापारिक शहर संघाईबाट दुई घन्टा बस यात्रा गरेपछि ९९९ वर्ग किलोमीटरमा फैलिएको झङजियागाङ पुगिन्छ । आकारमा सानो भए पनि यो शहरले गरेको भौतिक विकास र शैक्षिक प्रगति लोभलाग्दो छ ।

वातावरण संरक्षण, शिक्षा, विकास र सम्पन्नतामा अगाडि रहेका चीनका १०० शहरको सूचीमा झङजियागाङ तेस्रो नम्बरमा रहेछ । व्यवस्थित शहरीकरणका लागि दर्जनौं राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार पाइसकेको यो शहर पोर्ट सिटीको रूपमा पनि प्रख्यात छ ।

सबै शहरका संग्रहालय, पार्क र सार्वजनिक स्थलहरूमा देखिने भगवान बुद्धका मूर्ति र तस्वीरले नेपाली यात्रुहरूको ध्यान विशेष रूपले तान्छ । ताईयुआनको ईङ्जी पार्कमा शारीरिक व्यायाम गरिरहेका दुई जना अधबैंसेले नेपालबाट आएको भनेर बुझनासाथ ‘बुद्धको देशबाट आएको’ भन्दै हात जोडेर स्वागत गरे । तीनै शहरमा भेटिएका सबैजसोलाई बुद्ध नेपालमा जन्मिएको कुरा थाहा थियो ।

तीन हजार वर्ष पुरानो इतिहास, संस्कृति र भौतिक संरचनाको संरक्षण यसरी गरिएको छ कि आजको नयाँ पुस्ताले समेत हेरेर इतिहासमाथी गर्व गर्छन् । चिनियाँ जनताले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा आफुलाई उभ्याउँदे गर्दा यहाँको अर्थतन्त्र मात्रै हैन् परम्परागत संस्कृति, इतिहासका कालखण्डलाई संरक्षण गर्दै आधुनिक नयाँ पुस्तासम्म साक्षत्कार गराउँने र नयाँ विकाससँगै आप्mनो मौलिकपनलाई कायम राख्ने चीनको शैली अन्य राष्ट्रका लागी समेत उदाहरणीय बनिरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>