Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकप २०१४ का उत्कृष्ट १० भिडन्त - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ १, २०७१

विश्वकप २०१४ का उत्कृष्ट १० भिडन्त

हिमालखबर

-सुवास देवकोटा

इङ्गल्याण्ड—इटाली १ असार, बिहान ३.४५: विश्वकप दाबेदार मानिएका यी दुई टीमबीचको खेल रोमाञ्चक रह्यो । नतिजा इटालीको पक्षमा रह्यो । इटालीले खेल २–१ गोलले जित्यो । इटालीको युभेन्टसबाट खेल्ने आन्द्रे पिर्लाेलाई युवा स्ट्राइकर मारियो बालोटेली र मिडफिल्डर ड्यानियल डे रोसीले सफल साथ दिएका थिए ।

इङ्गल्याण्डको म्यानचेस्टर युनाइटेडबाट खेल्ने वायन रुनी, लिभरपुलका स्टेफन गेर्राड, ड्यानियल स्टुरेज, चेल्सीका फ्रान्क लामपार्ड र आर्सनलका लेफ्ट वीङ्गर थियो वेल्कटले पनि टीमलाई जिताउन सकेनन् ।

जर्मनी—पोर्चुगल, २ असार, बेलुका ९.४५: मिडफिल्ड वा राइट ब्याकबाट खेल्ने जर्मनीका कप्तान फिलिप ल्हाम र वायर्न म्युनिखबाटै खेल्ने सिर्जनशील मिडफिल्डर मारियो गोट्जे जर्मनीका मुख्य हतियार हुनेछन् । उनीहरूलाई इङ्गल्याण्डको आर्सनलबाट खेल्ने मेसुट ओजिल र वायर्न म्युनिखका मिडफिल्डर थोमस मुलरको साथ रहनेछ ।

उता, पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोको जादूमा मुख्य रूपमा निर्भर रहनेछ । तर, म्यानचेस्टर युनाइटेडबाट खेल्ने नानी चल्न सकेमा विपक्षीहरू रोनाल्डोमा मात्र केन्द्रित हुन पाउने छैनन् ।

ब्राजिल—मेक्सिको, ४ असार, राती १२.४५: म्यानचेस्टर युनाइटेडबाट खेल्ने जाभियर हर्नान्डेजलाई प्रशिक्षक मिग्युयल हेरेराले सुरुआतमा खेलाउन नरुचाएको खबर आएकाले स्पेनको भिल्लारियलबाट खेल्ने सिर्जनशील मिडफिल्डर जियोभानी डस सान्टोसमाथि मेक्सिको मुख्य रूपमा निर्भर रहनेछ ।

नेइमारको ब्राजिलसँग भने स्टारको हूल नै छ । चेल्सीबाट खेल्ने अस्कर र डेभिड लुइस, बार्सिलोनाका ड्यानियल अल्भेज, पेरिस सेन्ट जर्मनबाट खेल्ने कप्तान थियगो सिल्भा र रियल मड्रिडका मार्सेलो ब्राजिलका अरू हतियार हुनेछन् ।

नेदरल्याण्डस—अस्ट्रेलिया, ४ असार, बेलुका ९.४५: प्रशिक्षक लुइस भान गालको नेदरल्याण्डस गत विश्वकपको फाइनलमा स्पेनसँग एक गोल खाएर पराजित भएको थियो । कप्तान रोभिन भान पर्सी, लेफ्ट वीङ्गर आर्जेन रोबेन र मिडफिल्डर वेस्ले स्नाइडरले नेदरल्याण्डसको आक्रमण सम्हाल्नेछन् ।

अस्ट्रेलियासँग भने लामो समय यूरोपबाट व्यावसायिक फूटबल खेलेका टीम काहिल मुख्य हतियार छन् ।

स्पेन—चिली, ५ असार, राति १२.४५: चिलीका प्रशिक्षक जर्ज स्याम्पोली र स्पेनका प्रशिक्षक भिसेन्ट डेल वस्कोको प्रशिक्षण विधि एकै प्रकारको छ, मिडफिल्डमा धेरै पास खेल्ने । यस्तोमा इटालीको युभेन्टसबाट खेल्ने मिडफिल्डर आर्टुरो भिडाल चिलीका मुख्य हतियार हुनेछन् ।

स्पेनसँग भने स्टारको हूल नै छ । बार्सिलोनाका मिडफिल्डर जाभी र इनियस्टा, म्यानचेस्टर सिटीका डेभिड सिल्भा, रियल मड्रिडका सर्जियो रामोस र एथलेटिको मड्रिडबाट खेल्ने ब्राजिलमा जन्मिएका स्ट्राइकर डियगो कोस्टा स्पेनका मुख्य हतियार हुनेछन् ।

फ्रान्स—स्वीट्जरल्याड, ७ असार, राति १२.४५: वायर्न म्युनिखका स्टार वीङ्गर फ्रान्क रिबेरी घाइते भएर खेल्न नसक्ने भएपछि फ्रान्सलाई झट्का लागेको छ । तर, रियल मड्रिडका करिम बेन्जेमा र युभेन्टसबाट खेल्ने पाउल पोग्बाले जुनसुकै टीमलाई टक्कर दिने सामथ्र्य राख्छन् ।

छनोट खेलमा जोसिप ड्रामिकले बढी गोल गरे पनि स्वीट्जरल्याण्ड वायर्न म्युनिखका स्टार साकिरीमा बढी निर्भर रहनेछ ।

इटाली—उरुग्वे, १० असार, बेलुका ९.४५: इङ्गल्याण्डको लिभरपुलबाट प्रोफेशनल फूटबल खेल्ने लुइस सुवारेज यो विश्वकपमा चम्किन सक्ने स्ट्राइकर हुन् । उनकै योगदानले गत विश्वकपमा उरुग्वे सेमिफाइनलसम्म पुगेको थियो । अहिले पनि अर्का स्ट्राइकर काभानीसँग उनको पार्टनरसीप राम्रो भयो र कार्ड खाने गरी आक्रोशमा आएनन् भने उनले उरुग्वेलाई यो पटक पनि सफलता दिलाउन सक्छन् ।

उता, दाहिने खुट्टाले सशक्त प्रहार गर्न सक्ने मारियो बालोटेलीले इटालीको आक्रमण सम्हाल्नेछन् । तर, रक्षामा जोड दिने इटालीको मुख्य हतियार अहिले पनि गोलकिपर जियानलुइगी बुफोन र मिडफिल्डर ड्यानियल डे रोसी हुनेछन् । इटालीलाई अनुभवी मिडफिल्डर आन्द्रे पिर्लाेको साथ त हुनेछ नै ।

क्यामरुन—ब्राजिल, १० असार, राति १.४५: क्यामरुनको खेल यो पटक पनि चेल्सीका स्ट्राइकर सामुयल इटोमा निर्भर हुनेछ । फिजिकल गेम खेल्ने क्यामरुन र टेक्निकल गेम खेल्ने ब्राजिलबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेछ ।

नाइजेरिया—अर्जेन्टिना, ११ असार, बेलुका ९.४५: स्पीड र पावर गेम खेल्ने नाइजेरिया र टेक्निकल गेम खेल्ने लियोनल मेसीको अर्जेन्टिनाबीचको खेल रोचक हुनेछ । नाइजेरिया स्ट्राइकर इमानुयल इमानिके र उचे नोफरमा निर्भर हुनेछ भने अर्जेन्टिनासँग गोन्जालो हिगुइन, सर्जियो अगुइरो, एन्जेल डी मारिया जस्ता स्टार खेलाडी हुनेछन् ।

युएसए—जर्मनी, १२ असार, बेलुका ९.४५: कुनै वेला जर्गेन क्लिन्सम्यान जर्मनीका प्रशिक्षक रहँदा उनका सहायक रहेका जोचिम लो अहिले जर्मनीका मुख्य प्रशिक्षक छन् भने क्लिन्सम्यान अमेरिकाका । यसैले दुवैले एकअर्काको रणनीतिबारे राम्रो जानकारी राख्छन् ।

स्पीडमा खेल्ने अमेरिका इङ्गल्याण्डको सन्डरल्याण्डबाट खेल्ने कप्तान क्लिन्ट डिम्से र मिडफिल्डर ग्राहम जुसीमा निर्भर रहनेछ ।

एजेन्सीको सहयोगमा

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>