खेलकुदसोमबार, आषाढ २, २०७१

अर्जेन्टिनाले बोस्नियालाई हरायो

हिमालखबर

स्टार स्ट्राइकर लियोनेल मेसीको शानदार गोलको आडमा अर्जेन्टिनाले विश्वकप फुटबलमा बोस्निया हर्जगोभिनालाई २–१ ले हराएको छ । यद्दपी विश्वकप पहिलो पटक खेलेको बोस्नियाले स्टार खेलाडीले भरिएको अर्जेन्टिनालाई कडा टक्कर दिएको थियो ।

लियोनेल मेसीको उत्कृष्ट गोलले उनका प्रशंसकहरुलाई खुशी पारे पनि अर्जेन्टिनाले अपेक्षा अनुसार खेल्न नसक्दा जीतपछि पनि रंगशालामा ‘उत्तेजक माहोल’ बन्न सकेन ।

खेलको तेस्रो मिनटमै मेसीले हानेको फ्रि किक बोस्नियाका सइद कोलासिनियाकले क्लियर गर्ने प्रयास गर्दा आत्मघाती गोलमा परिणत भएको थियो । त्यसपछि  बोस्नियामाथि थप गोल गर्न अर्जेन्टिनालाई ६५ औं मिनटसम्म संघर्ष गर्नुप¥यो ।

यसअघि मेसीले केही उत्कृष्ट ‘मुभ’ बनाए पनि गोल हुन सकेको थिएन ।

अन्ततः ६५ औं मिनेटमा लियोनेलले गोन्जालो हिगुइनसँग पास खेलेर आफूसँग ठोक्किन आएका दुई बोस्नियन डिफेन्डरलाई छलाउँदै हानेको उत्कृष्ट शट पोलमा ठोक्किंदै जाली छुन पुग्यो । यो गोलले मेसीको जादु हेर्न व्यग्र उनका प्रशंसकलाइ उत्साहित बनायो । विश्वकपमा मेसीको यो पहिलो गोल हो ।

खेलको ८४ औं मिनटमा बोस्नियाका इविसेविचले एक गोल गरेर गोल अन्तरलाई कम गरे ।

अन्ततः अर्जेन्टिनाले २–१ ले विजयी शुरुवात गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...