अन्तर्वार्ता/विचारसोमबार, आषाढ २, २०७१

‘विधानसम्मत अध्यक्ष मै हुँ’

हिमालखबर

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीबीच एकीकरण भएको एक वर्षपछि अध्यक्ष बनेका पशुपतिशम्शेर राणासँग गरिएको कुराकानीः

विवादबीच अध्यक्ष बन्नुभयो, कस्तो लागेको छ ?

विधानसम्मत अध्यक्ष म नै हुँ । मैले यसलाई पार्टीले गरेको उपयुक्त निर्णयका रुपमा लिएको छु ।

अर्का नेता लोकेन्द्रबहादुर चन्दले पनि आफूलाई अध्यक्ष भन्नुभएको छ नि ?

चन्दजीले आफूलाई अध्यक्ष भन्नुभएको मैले पनि पत्रपत्रिकामा पढें । तर, उहाँको भनाइ विधानसम्मत छैन ।

एक वर्षअघिको चक्रीय सहमति अनुसार चन्द नै अध्यक्ष हुनुपर्ने होइन र ?

एक वर्षअघि हामीले चक्रीय प्रणालीका बारेमा छलफल गरेका थियौं । तर महाधिवेशनले त्यसलाई अस्वीकार गरिसकेको छ । त्यसकारण अहिले चक्रीय सहमतिको कुरा उठाउनु सान्दर्भिक छैन ।

चन्द पक्षीय नेताहरूले तपाईंलाई अध्यक्ष नमान्ने निर्णय गरेको सुनिन्छ नि ?

एक–दुई दिनभित्रै कसरी अघि बढ्ने भनेर उहाँहरूसँग छलफल गर्दैछु । जुन छलफलबाट सहमतिमा पुग्न सकिनेमा विश्वस्त छु ।

राप्रपा फुटको नजिक पुगेको हो त ?

लामो छलफल र वार्तापछि एक वर्षअघि एकीकरण भएको राप्रपालाई फुट हुनबाट जोगाउन हर ढंगबाट प्रयास गर्नेछु । वार्ता र छलफलपछि पार्टी एकजुट हुनेछ भन्ने मेरो विश्वास छ ।


साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>