अर्थ/बजारसोमबार, आषाढ २, २०७१

अवरुद्ध सिक्टा सिँचाइको काम शुरु

हिमालखबर

-तुफान न्यौपाने, नेपालगञ्ज

पूर्जावाल जग्गाधनीलाई यसअघि निर्धारण गरिएको मुअब्जामा २३ प्रतिशत रकम थप गरिदिने आयोजनाको प्रस्तावमा जग्गाधनी सहमत भएका हुन् । बाँकेको करिब ४३ हजार हेक्टर खेतियोग्य जमिन सिँचाइ गर्ने उद्देश्यका साथ दशक अघिदेखि निर्माण थालिएको सिक्टा सिँचाइको मूल नहर निर्माणको क्रममा १५ देखि ३५ किमिको खण्डमा मुआब्जा विवादले गतवर्षदेखि काम रोकिएको थियो ।

मुआब्जामा सहमति जुटेपछि २ असारबाट नै निर्माण कार्य पुनः शुरू भएको मुआब्जा निर्धारण समितिमा रहेका प्रमुख जिल्ला अधिकारी जीवनकुमार ओलीले बताए ।

काम शुरू भएपछि २ असारमै प्रजिअ, सिक्टा सिँचाइ आयोजना प्रमुख, प्रहरी टोली लगायतले आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

सिक्टा सिंचाइ रोकिनुको कारणबारे थाहा पाउन यहाँ क्लिक गर्नुहोस ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>