खेलकुदसोमबार, आषाढ २, २०७१

हमामसँग बिजनेश साझेदारी थियोः थापा

हिमालखबर

एन्फा अध्यक्षले २ असारमा राजधानीमा पत्रकार सम्मेलन गरेर हमामसँग व्यक्तिगत तवरमा मात्र रकम लिएको दावी गरेका हुन् । उनले व्यक्तिगत तवरमा लिएको रकमलाई एन्फा र एशियाली फूटबल महासंघसँग जोडेर आफूलाई बदनाम गराइएको जिकिर गरे ।

उनले भने, “हमामसँग मेरा २००८ देखि नै बिजनेश साझेदारी थियो ।” उनले यसअघि कतार फूटबल संघसँगको चारवर्षे सम्झौता अनुसार २ लाख डलर दिइएको र तर त्यो बिचैमा तोडिएको बताए ।

यसअघि सन् २०२२ को विश्वकप आयोजक बन्नका लागि कतार फूटबलका अधिकारी मोहम्मद विन हमामसँग १ लाख १५ हजार डलर लिएको भनेर बेलायती पत्रिका सन्डे टाइम्सले छापेको थियो ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...