खेलकुदमंगलबार, आषाढ ३, २०७१

मुलरको ह्याट्रिक, जर्मनीद्वारा पोर्चुगल पराजित

हिमालखबर

समूह जी मा रहेको जर्मनीले २ असार राति पोर्चुगललाई ४–० ले हराएको हो । जर्मनीको जीतमा मुलरले ह्याट्रिक पूरा गरे ।

१२ औं मिनेटमा पेनाल्टीमार्फत् गोलको खाता खोलेका उनले पहिलो हाफको इन्जुरी समयमा र ७८ औं मिनेटमा गोल गरे । चारवर्ष अघिको विश्वकपमा पाँच गोल गरेर गोल्डेन बुट जितेका मुलरको विश्वकपमा गोल संख्या ८ पुगेको छ ।

जर्मनीका लागि ३२ औं मिनेटमा हुमेल्सले गोल गरे । मुलर हाबी रहेको खेलमा क्रिस्टियानो रोनाल्डो आफ्नो जादू देखाउन सकेनन् । मुलरमाथि फाउल खेलेका पोर्चुगाली डिफेन्डर पेपे ३७ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

घानामाथि अमेरिकाको जीत

विश्वकप फूटबलमा ३ असार बिहान भएको खेलमा अमेरिकाले घानालाई २–१ ले हरायो । क्लिन्ट डेम्प्सीले खेलको पहिलो मिनेटमै अमेरिकालाई अग्रता दिए ।

घानाका आयुवले ८१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । तर, जोन ब्रुक्सले ८५ औं मिनेटमा गोल गर्दै अमेरिकालाई जिताए ।

इरानले नाइजेरियालाई बराबरीमा रोक्यो

एशियाली देश इरानले निक्कै बलियो मानिएको नाइजेरियालाई गोलरहित बराबरीमा रोकेको छ । ३ असार बिहान भएको खेलमा दुवै टीमले गोल गर्ने मौकालाई सदुपयोग गर्न सकेनन् ।

बराबरी खेलेपछि दुवै टीमले एक–एक अंक बाडेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...