अर्थ/बजारमंगलबार, आषाढ ३, २०७१

जलविद्युत् आयोजनाको अनुमतिपत्र खारेज

हिमालखबर

विद्युत् विकास विभागका अनुसार दाप्चा रोशी (२ मेगावाट), हाडी खोला (२ मेगावाट), तल्लो सुनकोसी तेस्रो (१० मेगावाट), न्यासिम खोला (३० मेगावाट), माथिल्लो त्रिशूली एक (२१६ मेगावाट), कालीगण्डकी गर्ज (१६४ मेगावाट), बाकु खोला (६ मेगावाट), माथिल्लो माई एक (२ मेगावाट), करुवा सेती (३६ मेगावाट), तल्लो पामे खोला (२ मेगावाट), हेवा खोला बी (२ मेगावाट) र मिडिल सुपर दरौदी (४ मेगावाट) को निर्माण अनुपति पत्रका लागि दिइएको निवेदन खारेज गरेको छ ।

ती आयोजनाबाट करिब ४८० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो ।

यस्तै सर्वेक्षणको अनुमति लिएका १२७ वटा जलविद्युत् आयोजनाको अनुमतिपत्रसमेत खारेज गरिएको छ । ती आयोजनाबाट २ हजार ५४२ मेगावाट विद्युत् उत्पादन हुनेछ ।

उत्पादन अनुमति लिएका ६ जलविद्युत् आयोजनाको पनि अनुमतिपत्र खारेज गरिएको छ भने सर्वेक्षणका लागि निवेदन दिएका एक हजार ४२० आयोजनाको समेत निवेदन खारेज गरिएको छ ।

विभागका सूचना अधिकृत गोकर्णराज पन्थका अनुसार अनमुति लिएर काम नगर्ने जुनसुकै प्रकृतिका आयोजनाको पनि अनुमतिपत्र खारेज गरिएको हो ।

‘‘हामीले सबै आयोजनाको सूक्ष्म अध्ययन गरेर प्रक्रिया अगाडि बढाउँछाँै, प्रगति विवरण पनि नबुझाउने, काम पनि नगर्नेका हकमा विभागले कडा नीति अख्तियार गर्छ’’ सूचना अधिकृत पन्थले भने ।

यसैगरी नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पिपिए) भएका नौ जलविद्युत् आयोजनाको सम्झौतासमेत खारेज गरेको छ ।

प्राधिकरण व्यापार शाखाका प्रमुख हितेन्द्रदेव शाक्यका अनुसार खारेजीमा परेका आयोजनाहरूमा कान्तिपुर हाइड्रो पावरले निर्माण गर्न लागेको १० मेगावाट क्षमताको लाङ्टाङ, जिटेक नेपालले निर्माण गर्न लागेको १४ मेगावाट क्षमताको माथिल्लो मोदी, युनिभर्सल पावरले निर्माण गर्न लागेको सात सय किलोवाटको लड्कु खोला रहेको छ ।

यस्तै बभेरिएन हाइड्रोले निर्माण गर्न लागेको ४.५ मेगावाटको तल्लो न्यादी, मानसरोवर पार्वसको सेती खोला, त्रियोग इनर्जी एन्ड डेभलपमेन्टको मध्यगड्डीगाड ३.५ मेगावाट र ऋषिकेश हाइड्रोको माथिल्लो जुम्दी रहेका छन् । यी आयोजनाबाट कुल ४० मेगावाट विद्युत् उत्पादन हुन्छ ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>