अर्थ/बजारबुधबार, आषाढ ४, २०७१

साउदीद्वारा बुढीगंगाका लागि तीन अर्ब ऋण सहयोग

हिमालखबर

अर्थमन्त्रालयमा ४ असारमा आयोजित कार्यक्रममा अर्थसचिव युवराज भुसाल र साउदी विकास कोषका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक युसुफ बिन इब्राहिम अलबास्सामले बुढीगंगा जलविद्युत आयोजना निर्माणका लागि कोषले सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

ऊर्जा मन्त्रालयअन्तर्गतको करिब ३० मिलियन अमेरिकी डलरको लागतमा निर्माण हुने उक्त आयोजना सन् २०१९ मा सम्पन्न हुनेछ ।

अछाम जिल्लामा रहेको उक्त आयोजनाको क्षमता २० मेगावाट हो । साउदी विकास कोषले ३० मिलियन, कुवेती कोषले १८ मिलियन र बाँकी १२ मिलियन अमेरिकी डलर नेपाल सरकारले बेहोर्ने छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>