खेलकुदबिहीबार, आषाढ ५, २०७१

भानपर्सी र रोबिन चम्किदा नेदरल्याण्डको जीत

हिमालखबर

४असार राति भएको खेलमा नेदरल्याण्डसले अष्ट्रेलियालाई ३-२ ले हराएको हो । नेदरल्याण्डसका रोविन भानपर्सी र आर्जेन रोबिन नायक रहे । भानपर्सीले ५८ औं र रोबिनले २० औं मिनेटमा गोल गरे ।

नेदरल्याण्डसले २० औं मिनेटमा अग्रता लिएको एक मिनेट मिनेट नबित्दै अष्ट्रेलियन टिम काहिलले बराबरी गोल गरे । जेडिनकको पेनाल्टी गोलमा अष्ट्रेलियाले ५४ औं मिनेटमा अग्रता लियो ।

तर, भानपर्सीले ४ मिनेटपछि नै गोल फर्काए । सब्टिच्यूटमा आएका मेम्फिस डिपेले ६८ औं मिनेटमा निर्णायक गोल गर्दै नेदरल्याण्डसको जीत सुनिश्चित गरे ।

इन्टरनेट तस्वीर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...