Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
स्पेन, अस्ट्रेलिया र क्यामरुन बाहिरिए - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ ५, २०७१

स्पेन, अस्ट्रेलिया र क्यामरुन बाहिरिए

हिमालखबर

नेदरल्याण्डसका रबिन भानपर्सी र अार्यन रोबिन ।

ब्राजिलमा जारी फिफा विश्वकपबाट स्पेन, अष्ट्रेलिया र क्यामरुन बाहिरिएका छन् । स्पेनलाई २–० ले हराउँदै चिली अंतिम १६ मा पुगेको छ ।

यसअघि भएको समूहको अर्को खेलमा अघिल्लो विश्वकपको उपविजेता नेदरल्याण्ड्सले अष्ट्रेलियालाई ३–२ ले हराएर नकआउटमा आफ्नो स्थान पक्का गरेको छ ।

समूह बीमा स्पेन र अस्ट्रेलिया लगातार दुई खेल हारेर विश्वकपबाट बाहिरिएका छन् भने समूह एको क्यामरुन पनि क्रोशियासँग हारेर विश्वकपबाट बाहिरिएको छ ।

आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग १–५ ले हारेको स्पेनी टोली रियो द जिनेरोमा भएको दोस्रो खेलमा चिलीसँग ०–२ ले हार्‍यो ।

लगातार ६ वर्षदवेखि फिफा बरियताक्रममा पहिलो नम्बरमा रहेको स्पेनको यस्तो फितलो प्रदर्शनको अपेक्षा संभवतः कसैलाई थिएन ।

चिलीको आक्रमक खेल

चिली र स्पेन । तस्वीरः एपी

प्रतियोगितामा आफ्नो पहिलो खेल जितिसकेको चिलीले शुरुदेखि नै निकै आक्रमक खेल प्रदर्शन गर्‍यो । स्पेनी खेलाडीहरुमा चिलीको दबाब स्पष्ट देखिन्थ्यो ।

२० औं मिनटमा चिलीका वारगासले पहिलो गोल गरेका थिए । त्यसपछि ४३ औं मिनटमा एलेक्स सांचेजको शटलाई स्पेनका गोलरक्षक इकर कासियासले रोके तर, रिबाउण्ड भएको बललाई चिलीका एन्रिगिसले जालीमा पु¥याए ।

दोस्रो हाफमा आक्रमण तिव्र बनाएको स्पेनले ५३ औं मिनटमा गोल गर्ने अवसर पाए पनि सर्गियो बुसकेट्सले बायाँ खुट्टाले प्रहार गरेको किक गोलपोस्टभित्र जान सकेन ।

८४ औं मिनटमा स्पेनले पाएको अर्को मौका पाएको थियो । अंड्रेज इनिएस्ताको जोडदार किकलाई चिलीका गोलरक्षक क्लाउडियो ब्रवोले रोक्न सफल भए ।

नेदरल्याण्ड्स भर्सेस अष्ट्रेलिया

तस्वीर: एपी

समूहको रोमाञ्चक खेलमा नेदरल्याण्ड्सले अष्ट्रेलियालाई ३–२ ले हराएर अंतिम १६ मा पुग्ने पहिलो टिम बनेको छ । नेदरल्याण्ड्सले दुई जीतसँगै ६ अंक प्राप्त गरेको छ ।

यद्दपी अष्ट्रेलियाले पनि नेदरल्याण्ड्सलाई कडा टक्कर दिएको थियो । स्पेनलाई सहजै ५ गोल हानेको नेदरल्याण्ड्सले अष्ट्रेलियालाई झनै सहज तरिकाले हराउने धेरै अनुमान विपरित नेदरल्याण्ड्सले अष्ट्रेलियबाट राम्रै चुनौति पाएको थियो जसले खेललाई रोमाञ्चक बनायो ।

पहिलो हाफको २० औं मिनटमा नेदरल्याण्ड्सका आर्यन रोबिनले गोल गरेको ठिक एक मिनटपछि अष्ट्रेलियाका टिम केहिलले गोल गरेर खेललाई बराबरीमा पुर्‍याएका थिए ।

५४ औं मिनटमा अष्ट्रेलियाले पाएको पेनाल्टी किकलाई माइल जिडेनाकले गोलमा परिणत गरेर आफ्नो टोलीलाई २–१ ले अग्रता दिलाए ।

तर खेलको ५८ औं मिनटमा नेदरल्याण्ड्सका कप्तान भान पर्सीले गोल गर्दै २–२ को बराबरीमा पुर्‍याएको खेललाई ६८ औं मिनटमा मेम्फिस डिपेले गोल गरेर नेदरल्याण्ड्सलाई ३–२ को अग्रता दिलाए ।

क्रोशियाले क्यामरुनलाई हरायो

तस्वीर: एपी

समूह एको अर्को खेलमा क्रोएशियाले क्यामरुनलाई ४–० ले हरायो । यो जितसँगै क्रोएशियाको अन्तिम १६ मा पुग्ने संभावना जिवितै छ ।

यसअघि क्रोएशियाले ब्राजिलसँग १–३ ले हारेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>