Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लुई सुआरेज चम्कँदा इंग्ल्याण्ड स्तब्ध - Himalkhabar.com

खेलकुदशुक्रबार, आषाढ ६, २०७१

लुई सुआरेज चम्कँदा इंग्ल्याण्ड स्तब्ध

हिमालखबर

उरुग्वेका लुई सुवारेज (बायाँ) र इंग्ल्याण्डका स्टेभेन जेरार्ड । तस्वीरः एपी

ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत ६ असार विहान भएको खेलमा उरुग्वेले इंग्ल्याण्डलाई २–१ ले हराएको छ ।

अब इंग्ल्याण्डले समूह चरणको आफ्नो अन्तिम खेल कोस्टारिकासँग खेल्नेछ । अन्तिम १६ मा पुग्न इंग्ल्याण्डले कोस्टारिकासँग राम्रै अन्तरले जित्नु पर्ने छ भने समूहका अन्य खेलका परिणाममा पनि इंग्ल्याण्ड अघि बढ्ने वा नबढ्ने निर्भर रहनेछ ।

खेलमा उरुग्वेका स्टार खेलाडी लुई सुआरेजले राम्रो प्रदर्शन गर्दै दुई गोल गरे ।

म्याचमा दबदबा बनाएको इंग्लायण्डले पाएको मौकालाई गोलमा परिणत गर्न सकेन भने उरुग्वेले पाएका थोरै मौकाको पनि राम्रो सदुपयोग गर्न सक्यो ।

इंग्ल्याण्डविरुद्ध दोस्रो गोल गरेपछि खुशी मनाउँदै उरुग्वेका लुइ सुअारेज । तस्वीर: एपी

८४ औं मिनटसम्म १–१ को बराबरी भएको खेलमा सुआरेजले बललाई एक्लै अगाडि बढाउँदै इंग्ल्याण्डका गोलरक्षकलाई छलाउँदै गोल गरे ।

३१ औं मिनटमा वेन रुनीले हानेको हेडर पोलमा ठोक्किएर फर्किएको थियो भने ३९ औं मिनटमा उरुग्वेका एन्डिसन कवानेको क्रसमा लुई सुआरेजले हेडर गरेर टोलीलाई १–० को अग्रता दिलाए ।

दोस्रो हाफमा इंग्ल्याण्डले पाएको राम्रो मौकाको सदुपयोग गर्न सकेन । ६० औं मिनटमा इंग्ल्याण्डका रहिम स्टर्लिंगको घुँडा उरुग्वेका अलवारो परेरको अनुहारमा ठोक्किएपछि रेफ्रिले स्टर्लिंगलाई रातो कार्ड देखाए ।

इंग्ल्याण्डका रुनी विश्वकपमै आफ्नो पहिलो गोल गरेपछि रमाउँदै तर उनले टोलीलाई जिताउन सकेनन्। तस्वीर: एपी

त्यसपछि इंग्ल्याण्डका वेन रुनीले विश्वकपमा आफ्नो पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । पूरै खेलमा राम्रो प्रदर्शन गरेका रुनीले थप गोल भने गर्न सकेनन् ।

कोलम्बियाले आइभरी कोस्टलाई हरायो

आइभरी कोस्टका याया टुर कोलम्बियाका कार्लोस साञ्जेजसँग हेडरका लागि घम्साघम्सी गर्दै । तस्वीरः एपी

यसअघि समूह सीको खेलमा कोलम्बियाले आइभरी कोस्टलाई २–१ लाई हरायो । दुई खेल जितेर ६ अंक प्राप्त गरेको कोलम्बियाको अन्तिम १६ मा पुग्ने सम्भावना बढेको छ ।

पहिलो हाफसम्म दुवै टिमले कुनै गोल गर्न सकेका थिएनन् । ६४ औं मिनटमा जेम्स रोड्रिगजले गोल गरेर

कोलम्बियालाई १–० ले अग्रता दिलाए । त्यसपछि ७० औं मिनटमा क्वान किन्टेरोले गोल गर्दै २–० को अग्रता दिलाए ।
खेलको ७३ औं मिनटमा आइभरी कोस्टले एक गोल गरेर गोल अन्तर कम गर्‍यो ।

जापानका यासुयुकी कोन्नो (बायाँ) र ग्रिसका कोस्टास मिट्रोग्लोउ । तस्वीरः एपी

समूह सीकै अर्को खेलमा जापान र ग्रिस ०–० को बराबरी खेले ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>