Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बलियो देखियो फ्रान्स, स्विटजरल्याण्डविरुद्ध गोल वर्षा - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ ७, २०७१

बलियो देखियो फ्रान्स, स्विटजरल्याण्डविरुद्ध गोल वर्षा

हिमालखबर

फ्रान्सका मिडफिल्डर ब्लेस म्याटविडी स्विटजरल्याण्डविरुद्ध गोल गरेपछि रमाउँदै । तस्वीरः एएफपी

ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत समूह–ई को खेलमा पूरै खेल अवधिभर फ्रान्सले आफ्नो दबदबा कायम राख्दै आक्रमक प्रदर्शन गर्‍यो ।

फ्रान्सका तर्फबाट गरिएका पाँच गोल फरकफरक खेलाडीले गर्नुले फ्रान्स विश्वकपका लागि पूर्ण तयारीका साथ लागिपरेको देखिन्छ ।

फ्रान्सको यो ‘फर्म’ आगामी खेलहरुमा पनि कायमै रहने हो भने उस्लाई रोक्न अरु टिमलाई गाह्रो हुने खेल विश्लेषकहरुले अनुमान गरेका छन् ।

१७ औं मिनटमा पाएको कर्नरको सदुपयोग गर्दै फ्रान्सका ओलिभिए यिवुले हेडरबाट खेलको पहिलो गोल गरे । स्विटजरल्याण्ड सम्हालिन नपाउँदै पहिलो गोलको एक मिनटपछि ब्लेस म्याटविडीले अर्को गोल गरेर फ्रान्सलाई २–० को अग्रता दिलाए ।

फ्रान्सका फरवर्ड करिम बेन्जेमा स्विटजरल्याडका डिफेन्डरलाई छलाएर बल किक हान्दै । तस्वीरः एएफपी

फ्रान्सको लगातारको आक्रमणबाट स्विटजरल्याण्डको टोलि अत्तालिएको देखिन्थ्यो । त्यसपछि स्विटजरल्याण्डका जोहेन डिजोरेयोले फ्रान्सका करिम बेन्जेमालाई डि एरियाभित्र गलत ट्याकल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पायो । ३२ औं मिनटको यो मौका भने फ्रान्सले उपयोग गर्न सकेन बेन्जेमाको किकलाई स्विटजरल्याण्डका गोलरक्षकले रोक्न सफल भए ।

तर पनि फ्रान्सको गोल यात्रा रोकिएन त्यसको आठ मिनटपछि माटियो वाल्ब्वेनाले काउण्टर अट्याकपछि बनाएको मुभको सदुपयोग गर्दै फ्रान्सलाई ३–० को अग्रता दिलाए ।

दोस्रो हाफमा स्विटजरल्याण्डले गोलको अवसर पाए पनि तालमेलको कमीले गोल गर्न सकेन ।

६७ औं मिनटमा पल पोग्बको पासमा करिम बेन्जेमाले गोल गरेर फ्रान्सलाई ४–० ले अगाडि पारे । ७३ औं मिनटमा फ्रान्सले फेरि अर्को गोल गर्‍यो । बेन्जेमाको पासलाई मुरा सिसोकोले गोलमा परिणत गरे । स्कोर फ्रान्सको पक्षमा ५–० भइसकेको थियो ।

रंगशालमा आफ्नो टोलीको उत्साह बढाउन आएका स्विटजरल्याण्डका प्रशंसकहरुका आँखामा आँसु देखिइरहेको थियो ।

खेलको ८१ औं मिनटमा स्विटजरल्याण्डका ब्लेरिम जेमिलीले गोल गरेर स्विटजरल्याण्डलाई केही राहत दिलाए भने ८७ औं मिनटमा स्विटजरल्याण्ड फेरि अर्को गोल गर्न सफल भयो । अन्तमा स्विटजरल्याण्डले २–५ को अन्तरले खेल हार्‍यो ।

तर खेलको रोमाञ्च यत्तिकैमा सकिएन । खेलको अन्तिममा फ्रान्सका करिम बेन्जेमाले प्रहार गरेको जोडदार किक गोलमा परिणत भयो । तर बेन्जेमाले यो किक हान्दै गर्दा रेफ्रीले खेल समाप्तिको सिट्टी बजाइसकेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>