खेलकुदशनिबार, आषाढ ७, २०७१

कोस्टारिकासँग इटली पराजित, इंग्ल्याण्ड बाहिरियो

हिमालखबर

कोस्टारिकाका फरवर्ड खेलाडी ब्राइन रुइज (दायाँबाट दोस्रो) र गोलरक्षक किलोर नवास जीतपछि रमाउँदै । तस्वीरः एएफपी

चौथो पटक विश्वलकपमा छानिएको कोस्टारिका चार पटकको च्याम्पियन इटलीलाई हराउँदै २४ वर्षपछि दोस्रो चरणमा पुगेको हो । यो खेलसँगै इंग्ल्याण्ड विश्वकपबाट बाहिरिएको छ ।

यसअघि ५ असार राति भएको खेलमा इंग्ल्याण्न्ड उरुग्वेसँग २-१ गोलले पराजित भएको थियो।

खेलको ४४औं मिनेटमा कोस्टारिकाका ब्रायन रुइजले गरेको हेडर गोलमा परिणत भयो । रुइजले गरेको यो गोल नै निर्णायक गोल सावित भयो । २८ वर्षीय रुइजले गरेको यो १२औं अन्तराष्ट्रिय गोल हो।

पहिलो हाफमा इटालीका मारियो बालोटेलीले गोल गर्ने दुईवटा अवसर गुमाएका थिए।

समूहगत चरणको अन्तिम खेलमा उरुग्वेले इटाली र इङ्ल्यान्डले कोस्टारिकाको सामना गर्नेछन्। इंग्ल्याण्डका लागि यो खेल प्रतिष्ठाका लागि मात्रै हुनेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...