थप समाचारशनिबार, आषाढ ७, २०७१
दुर्घटनामा एककोे मृत्यु, घाईतेको हेलिकप्टरबाट उद्धार
तनहुँको चोक चिसापानी–७ पाउँदीमा जीपले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक लमजुङ वेसिशहर–११ भिनसेनस्थानका ३६ वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको छ ।
तनहुँको डुम्रेवाट वेसिशहर तर्फ आउँदै गरेको ग१च ७२४७ नम्वरको जीप र वेसीशहरवाट डुम्रे तर्फ जाँदै गरेको ग ७ प ४१९१ नम्वरको मोटरसाईकल पाउँदीको घुम्तिमा ठोकीएको प्रहरीले जनाएको छ ।
७ असार विहान भएको दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
जीप र चालक गोखरा च्याङलीका सिताराम कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते बालिकालाई हेलिकप्टरबाट काठमाडौं लगियो
त्यस्तै सदरमुकाम वेसिशहरमा मोटरसाइकलको ठक्करबाट एक वालिका गम्भिर घाइते भएकी छिन् ।
वेसिशहरको मनाङे चौतारवाट शेरातर्फ जाँदै गरेको ग ६ प ९६६४ नम्वरको मोटरसाइकलको ठक्करवाट वेसिशहर नगरपालिका ११ भीनसेनस्थानकै ४ वर्षकी रेश्मा श्रेष्ठ गम्भीर घाइते भएकी हुन् ।
वालिकाको लमजुङ मोडल हस्पिटलमा उपचार हुन नसकेपछी फिस्टेल एयरको हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।
मोटरसाइकल र चालक राजेन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
युवराज श्रेष्ठ, लमजुङ
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
