Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेसीको गोलले अर्जेन्टिना दोस्रो चरणमा - Himalkhabar.com

खेलकुदआइतबार, आषाढ ८, २०७१

मेसीको गोलले अर्जेन्टिना दोस्रो चरणमा

हिमालखबर

इञ्जुरी टाइममा अर्जेन्टिनाका खेलाडी लियोनेल मेसीले एउटा जोरदार किक हाने र त्यो गोलमा परिणत भयो । अर्जेन्टिनी खेलाडी, कोच, प्रशंसकले बल्ल राहत अनुभव गरे । रियो द जेनिरोको माराकाना स्टेडियममा मेसी–मेसीको स्वर गुञ्जियो ।

लगातार चारवटा इरानी खेलाडीबाट घेरिएका मेसीले गोल गरेर आफ्नो कौशल प्रदर्शन त गरे तर त्यसअघिका केही मुभहरुलाई भने उपयोग गर्न नसक्दा अपेक्षित परिणाम आउन सकेन ।

तस्वीर: एएफपी

खेल शुरु हुनुअघि विश्लेषकहरुले अर्जेन्टिनाले सजिलै जित्छ भन्दै गरेको अनुमान गलत सावित भयो । एकपटक इरानका एसकाने दिजागाहले गरेको जोडदार हेडरलाई अर्जेन्टिनी गोलकिपर सर्गियो रोक्न सके । नभए परीणाम अरु नै पनि हुनसक्थ्यो । अन्तत अर्जेन्टिनाले १-० ले खेल जित्यो ।

इरानको बलियो रक्षा पंक्तिले अर्जेन्टिनाको आक्रमण विफल पारिरहेको थियो । शुरुदेखि नै डिफेन्सिभ खेलेका इरानी खेलाडीहरुले मध्यरेखा भन्दा पारी बल लैजाने प्रयास गर्नुभन्दा आफ्नै गोलपोष्टको रक्षा गर्ने रणनीति अनुसार खेले ।

तस्वीर: एपी

खेल अवधिभर ७७ प्रतिशत समय बल अर्जेन्टिनाकै कब्जामा थियो । यसबीच गोल गर्ने अवसरलाई भने अर्जेन्टिनी खेलाडीहरुले सदुपयोग गर्न सकेनन् ।

इरानी गोलपोष्टको नजिक पुगेर हडबडीमा मेसीले दुईवटा गोल गर्ने अवसर गुमाए ।

दुई खेलमा जीत हासिल गरेर अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ तर, यसभन्दा अघि बढ्न भने अर्जेन्टिनी खेलाडीलाई खेलस्तर नसुधारी धरै छैन ।

महान फुटबल खेलाडी अर्जेन्टिनाका पूर्व कप्तान डिएगो म्याराडोनाले समेत बोस्नियाविरुद्धको खेलमा अर्जेन्टिनी खेलाडीको आलोचना गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>