थप समाचारआइतबार, आषाढ ८, २०७१
मतदान गर्न नचाहनेको नामावली आयोगमा पठाइने
‘नो भोट’को व्यवस्था नभइसकेकाले कोही मतदाता त्यस्ता भेटिए भने फारम भर्न लगाएर आयोगमा पठाइने मुख्य निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए ।
मतदान अधिकृतहरुलाई आयोगको टोलीले सो विषयमा प्रशिक्षणसमेत दिएकाले सबै क्षेत्रमा यस्तै परिपत्र भएको उनको भनाइ छ । भरतपुरको मतदान स्थलमा खटिएका मतदान अधिकृत घनश्याम उपाध्यायले राजनीतिक दलहरुबीच यस विषयमा सहमति भएको बताए ।
“नाममा टिकमार्क लगाइसकेपछि उसले भोट हाल्न चाहेन भने मतदाता सूचीमा मत हालेको देखिन्छ तर मेसिनमा चढेको हुँदैन, यो विषयमा फारम भरेर मुचुल्का उठाउने दलहरुसँग सहमति भएको छ”, उपाध्यायले भने ।
तर अहिलेसम्म कोही पनि मत हाल्न नचाहेको भनेर अगाडि नआएको उनले जानकारी दिए ।
किरियापुत्रीले पनि मतदान गरे
चितवनको राष्ट्रिय माध्यमिक विद्यालय कृष्णपुरमा दुई जना किरियापुत्रीले विद्युतीय मेसिनबाट मतदान गरेका छन् ।
बुबा टेकनाथ अधिकारीको निधन भएको आज ९ दिनको दिन मतदान गरेको उनीहरुले बताएका छन् । भरतपुर बुद्धचोकका मुकुन्दराज अधिकारी र गिरेन्द्रराज अधिकारीले मतदान गरेका हुन् ।
सहयोगीका साथ आएका उनीहरुलाई अगाडि नै मतदान गर्ने व्यवस्था मिलाइएको चितवनका प्रहरी प्रमुख प्रद्युम्न कार्कीले जानकारी दिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
