थप समाचारआइतबार, आषाढ ८, २०७१

जाजरकोटमा खाद्यान्न अभाव

हिमालखबर

घरमा रहेको पुरानो अन्न सकिएको, नया“ बाली नपाकेको र नेपाल खाद्य संस्थानको खाद्य डिपोमा पनि चामल नपाइएपछि जाजरकोटमा खाद्य सङ्कट परेको छ ।

जिल्लाका उत्तरपूर्वी तथा पश्चिमी क्षेत्रमा पर्ने रग्दा, भगवती, सक्ला, नायकवाडा, रोकायगाउँ, पैक, गर्खाकोट, पजारु, दह, मजकोट, कोर्ताङ, दशेरा, सुवानाउली, टालेगाउँलगायत दर्जनभन्दा बढी गाविसमा खाद्य सङ्कट परेको स्थानीय बासिन्दाले बताएका छन् ।

जिल्लामा बर्सेनि १५ हजार क्विन्टलभन्दा बढी खाद्यान्न अपुग हुने गरे पनि खाद्य डिपो र स्थानीय बजारमा चामल नपाइँदा स्थानीयवासीलाई समस्या पर्ने गरेको छ । नायकवाड–७ का दलबहादुर नेपालीले गाउँमा रहेको अन्न सकिएको र किन्नसमेत नपाइने भएकाले भोकै बस्नुपर्ने अवस्था रहेको गुनासो गरे ।

उनका अनुसार स्थानीय बासिन्दा खाद्यान्न लिन दुई दिन टाढाको खलङ्गा, चौरजहारी राडी, कालीमटीलगायतका बजारमा जान थालेका छन् ।

जिल्लामा बर्सेनि खाद्यान्न अभाव देखिए पनि समाधानका लागि सरोकारवाला निकायले खासै पहल गरेको देखिँदैन ।

नेपाल खाद्य संस्थानका खाद्य डिपोहरू ३० गाविसका लागि भन्दै चार ठाउँमा राखिएको छ । ती डिपोहरूमा अहिले एक गेडा चामल पनि छैन । चामल लिन जाने स्थानीयवासीलाई रित्तो हात फर्कर्नुपर्ने बाध्यता छ ।

यसैबीच नेपाल खाद्य संस्थानका वरिष्ठ अधिकृत प्रेमनारायण भण्डारीको संयोजकत्वमा गठित छानबिन समितिले जाजरकोटमा चामल ढुवानीमा अनियमितता नभएको निष्कर्È निकालेको छ ।

दुई सदस्यीय समितिले डिपोमा कर्मचारी नहु“दा वितरणमा केही समस्या भए पनि चामल लÔित वर्ग र स्थानमा पुगेको दाबी गरेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>