थप समाचारआइतबार, आषाढ ८, २०७१
नेता नेपाल नै अध्यक्षः पन्त
एमाले पोलिटब्युरो सदस्य पन्तले सहमति वा चुनाव जे भए पनि नेता नेपाल नै अध्यक्ष हुने दावी गरेका हुन् । भरतपुरमा ८ असारमा भएको पत्रकार भेटघाटमा उनले नेता नेपालको विकल्प नभएको बताए ।
महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनमा लगभग सहमति बनिसकेको र त्यो प्रतिवेदनको नेतृत्व पनि नेता नेपालले गरेको भन्दै उनले भने, “जसको नीति उसकै नेतृत्व हुनुपर्छ ।” अबको अध्यक्षले पार्टीको मात्र नेतृत्व नगरी समग्र देशको नेतृत्व गर्नुपर्ने भएकाले त्यसका लागि नेता नेपाल मात्र योग्य रहेको पन्तको भनाइ छ ।
देशभर गरिएको प्रारम्भिक अनुमानका आधारमा नेपाल पक्षधर ७५ प्रतिशत रहेको दावी गर्दै उनले चुनावमा कसैसँग प्रतिस्पर्धा गर्नुपरे पनि नेपाल नै अध्यक्ष हुने ठोकुवा गरे ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
