थप समाचारआइतबार, आषाढ ८, २०७१
जनकपुरको खानेपानीमा कीटाणु
जनकपुर नगरपालिकाअन्तर्गत रहेका बाल क्लबहरुको सर्वेक्षण अनुसार खानेपानीमा कीटाणु फेला परेको हो । २१५ वटा पानीको नमूना सङ्कलन गरी परीक्षण गर्दा ११२ वटा नमूनामा कीटाणु रहेको पाइएको हो ।
जनकपुर नगरपालिका तथा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको संयुक्त आयोजनामा ८ असारमा भएको कार्यक्रममा बाल क्लबहरुले तथ्याङ्क प्रस्तुत गरेका हुन् ।
उनीहरुले कल, धारा, इनारको पानी सङ्कलन गरी परीक्षण गर्दा कीटाणु भएको पानी भेटिएको हो । जनकपुरको मोदीमा रहेका धारामध्ये १८ को नमूना सङ्कलन गर्दा १० मा, चौकमा रहेको १८ धारामध्ये ११ मा र अस्पतालमा रहेको सातमध्ये दुई र विद्यालयमा रहेको १३ मध्ये आठवटामा कीटाणु फेला परेको क्लबहरुले जनाएका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
