खेलकुदआइतबार, आषाढ ८, २०७१

नेपाली राष्ट्रिय टीममा को–को परे

हिमालखबर

नेपाली राष्ट्रिय फूटबल टीम ८ असारमा इण्डोनेशिया प्रस्थान गरेको हो । इण्डोनेशियासँग ११ असारमा दुई देशबीच मैत्रीपूर्ण खेल हुँदैछ ।

तस्वीरः दीपेन्द्र सापकोटा

२२ सदस्यीय टोलीमा कप्तान सागर थापा, जुमानु राई, अनिल गुरुङ, राजु तामाङ, भोलानाथ सिलवाल, रोहित चन्द, सन्दीप राई, किरण चेम्जोङ, भरत खवास, विक्रम लामा, दीपक राई, जगजीत श्रेष्ठ, नीराजन मल्ल, रविन श्रेष्ठ, विराज महर्जन, शिव श्रेष्ठ, विशाल श्रेष्ठ, प्रकाश बुढाथोकी, असिमजंग कार्की, बिमल घर्ती मगर, अनन्त तामाङ र एलेन न्यौपाने छन् ।

यू–१६ का रक्षक अनन्त तामाङ र यू–१९ का गोलरक्षक एलेन न्यौपाने भने पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् । अखिल नेपाल फूटबल संघ (एन्फा)ले ७ असारमा घोषणा गरेको टोलीमा स्ट्राइकर सन्तोष साहुखल र भेट्रान गोलरक्षक रितेश थापा भने परेनन् ।

दीपेन्द्र सापकोटा, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...