Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अन्तिम ३० सेकेन्डको गोलले पोर्चुगललाई बचायो - Himalkhabar.com

खेलकुदसोमबार, आषाढ ९, २०७१

अन्तिम ३० सेकेन्डको गोलले पोर्चुगललाई बचायो

हिमालखबर

विश्वकप फूटबलको पहिलोचरणअन्तर्गत ९ असार बिहान भएको अमेरिकाविरुद्धको खेलमा पोर्चुगलका सिल्भेस्त्रे भरेलाले अन्तिम ३० सेकेन्डमा गोल गरेका हुन् । उनको गोलसँगै खेल बराबरीमा टुंग्याएर पोर्चुगलले दोस्रो चरणको संभावना कायमै राखेको छ ।

२–१ गोलले पछि परेको अवस्थामा खेल सकिनु ३० सेकेन्डअघिको गोलले अमेरिका पोर्चुगलसँग अंक बाड्न बाध्य भयो । कप्तान क्रिष्टियानो रोनाल्डोको क्रम पासमा भरेलाले सुन्दर हेडमार्फत् गोल गरेका हुन् ।

इन्टरनेट तस्वीर

खेलको पाँचौं मिनेटमै अमेरिकीको कमजोर रक्षापक्तिको फाइदा उठाउँदै पोर्चुगलका नानीले गोल गरेका थिए न । तर, ६४ औं मिनेटमा अमेरिकाका जर्मेन जोन्सले बराबरी गोल गरे । ८१ औं मिनेटमा कप्तान क्लिन्ट डेम्प्सीले गोल गरेर अमेरिकालाई अग्रता दिलाएका थिए ।

बराबरीमा गोलसँगै पोर्चगुल र अमेरिकाले एक–एक अंक बाडे । त्योसँगै अमेरिकाको अंक चार र पोर्चुगलको एक अंक भएको छ । समूह जी को जर्मनीको ४ र घानाको एक अंक छ । अंकतालिका अनुसार चारवटै टीमको दोस्रो चरण प्रवेशको संभावना कायमै छ ।

पहिलोचरणको अन्तिम खेलमा जर्मनी र अमेरिका तथा पोर्चुगल र घाना भिड्दैछन् । जर्मनी र अमेरिकाले बराबरी मात्र खेले पनि दुवै टीम दोस्रो चरणमा पुग्नेछन् । जर्मनी र अमेरिकाबीच जीतहार भएको अवस्थामा बढी गोलसहित जीत हात पार्ने पोर्चुगल तथा घानामध्ये एकको पनि अर्को चरणमा पुग्ने संभावना रहन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>