Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सुचीको सन्देश - Himalkhabar.com

टिप्पणीसोमबार, आषाढ ९, २०७१

सुचीको सन्देश

yubraj ghimire

रणनीतिक र राजनीतिक तथा नाराका आधारमा पुरस्कार दिइएका उदाहरण रहेकाले नोबेल शान्ति पुरस्कार विवादरहित छैन । तर, केही पात्रले पुरस्कार पाउँदा भने नोबेल नै सम्मानित भएको छ । आङ सान सुची तिनैमध्ये एक हुन् ।

बीपी जन्मशताब्दी समारोहमा भाग लिन नेपाल आएकी सुचीले आफ्नो छाप छोडेर गइन् । बीपीको नाम लिंदै उनको राजनीतिक दर्शन, मान्यता र अभ्यास विरुद्ध लाग्ने तथा सत्तालाई कमाउ धन्दा बनाउनेहरूले सुचीको सम्बोधनलाई एउटा सम्बोधन मात्र माने पनि नेपाली सन्दर्भमा उनको भनाइ अर्थपूर्ण रहेको बुझ्नु आवश्यक छ ।

उनले तीन वटा सम्बोधनमा बीपीको नाम एकपल्ट पनि उच्चारण गरिनन् । नेपाली कांग्रेसमा त्यसले केही फरक नपारेको हुन सक्छ । किनभने उसले बीपीको मान्यता, सोच र राजनीतिक लाइन छाडिसकेको छ । अहिलेको कांग्रेसले बीपीका आदर्श विपरीत उभिएका गिरिजाप्रसाद कोइरालालाई नेता मान्दछ । सुचीले भने नाम नलिएरै बीपीको लाइनको वकालत गरिन् ।

द्वन्द्व, तानाशाहीबाट मुक्ति र प्रजातन्त्र स्थापनाका लागि वार्ताबाट सहमतिमा पुग्नुपर्ने उनको अडान थियो । प्रजातन्त्रको अर्थ जवाफदेहिताको समाप्ति, छाडापन, अराजकता, स्वेच्छाचारिता र विदेशी हस्तक्षेपलाई खुला निमन्त्रणा दिनु होइन भन्ने उनको धारणा थियो । बीपीको ‘मेलमिलाप’ (मेलमिलाप सधैं द्वन्द्वको अर्को पक्षसँग हुन्छ) सिद्धान्तलाई उनले बर्मामा ‘डायलग’ को रूपमा वकालत गर्दै आएकी छन् ।

उनका पिता आङ सान ३२ वर्षको उमेरमा जुलाई १९४७ मा जापानी फौजको षडयन्त्रबाट मारिएका थिए । जसको जीवनको अभीष्ट बर्माको स्वतन्त्रता (जापानी र बेलायती साम्राज्यबाट) थियो । स्वतन्त्रता आन्दोलनको क्रममा उनले सहयोद्धाहरूसँग मिलेर धर्म, संस्कृति तथा राजनीतिबीचका अन्तरसम्बन्धबारे बहस चलाएका थिए । बुद्ध धर्म र दर्शनलाई आत्मसात् गरे पनि उनी बौद्ध भिक्षुहरू राजनीतिबाट अलग रहनुपर्ने मान्यता राख्थे ।

धार्मिक संस्था र अभ्यासकर्ता राजनीतिभन्दा स्वतन्त्र रहनुपर्ने उनको मान्यता थियो । पश्चिममा चर्चहरूको सत्ता र राजनीतिमाथिको नियन्त्रणविरुद्ध देखा परेको आक्रोश तथा आन्दोलनले बर्माको स्वतन्त्रता आन्दोलनका मूल्यलाई प्रभावित पारेको थियो । अहिलेको म्यानमारमा समस्या र अवसर दुवै बढेका छन् । सुचीले तिनलाई पनि नेपालमा सहज रूपमा प्रस्तुत गरिन् ।

सुचीले २०६३ यता नेपाली सेनाले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरिन् । जबकि, शान्ति प्रक्रियाको सुरुआतमा माओवादीसँगै नेपाली कांग्रेस, एमाले र १२ बुँदे सहमति पक्षधर सबै शक्तिले नेपाली सेनालाई अपमानित गरेका थिए । सेनाको ‘लोकतन्त्रीकरण’ र संरचनात्मक परिवर्तनका नाममा दाता र वैदेशिक शक्तिहरू पनि खुलेरै लागेका थिए । राजनीतिक दल, न्यायपालिका तथा सञ्चारकेन्द्रको लोकतन्त्रीकरण भने उनीहरूको एजेन्डामा थिएन । उनीहरुले ती संस्थालाई दलीयकरण गर्न सहयोगी भूमिका खेलेका थिए ।

उता, म्यान्मारमा भने सुचीको दल ‘नेशनल लिग फर डेमोक्रेसी’ ले सन् १९९० मा संसद्को ४८५ स्थानका लागि भएको निर्वाचनमा ३९२ स्थानमा विजय हासिल गरेको थियो । तर, त्यो वेला पनि ‘विदेशी’ सँग विवाह गरेको भनेर उनले निर्वाचन लड्न पाएकी थिइनन् । सेनाले उनको पार्टीलाई सत्ता सुम्पिनुको साटो उनलाई नै ६ वर्ष जेलमा राखेको थियो । अब बर्मेली सेनाले पनि नेपाली सेनाको जस्तै सहयोगात्मक व्यवहार देखाओस् भन्ने उनको चाहना छ ।

प्रजातन्त्रमा ‘डायलग’ अर्थात् ‘मेलमिलाप’ सँगै ‘जिम्मेवारी’ र ‘स्वतन्त्रता’ पनि सँगै जाने सुचीले सम्बोधनहरुमा बताएकी थिइन् । यसको अर्थ हो, नेपालमा २०६३ यता लोकतन्त्रको नाममा देखिएको स्वेच्छाचारिता उनलाई मान्य छैन । उनले म्यानमारमा न्यायपालिका, कार्यपालिकाप्रति जवाफदेही रहेको बताउँदै न्यायपालिकाको स्वतन्त्रताको पक्षमा पनि वकालत गरिन् ।

उनका ती भनाइलाई सर्वोच्च अदालतका प्रधान न्यायाधीशको नेतृत्वमा चार दलका प्रतिनिधिहरू पठाएर न्यायपालिकालाई विवादमा तानिएको तथा न्यायालय, न्यायपरिषद् र सत्तासीन दलहरूबीच न्यायाधीश नियुक्ति प्रकरणमा भएको सहकार्यलाई जोड्नु उपयुक्त हुन्छ । सुचीलाई सुन्दा लाग्थ्यो, अध्यात्मिक विश्वासका कारण उनी बढी सहिष्णु छिन् । त्यही कारण उनमा करुणा र क्षमाशीलता बढी देखिन्छ, नेपालका कृष्णप्रसाद भट्टराईमा जस्तै ।

सरकारले बीपी जन्मशताब्दी आयोजना गर्न बीपीका नाममा खोलिएका तीन वटा संस्थालाई रु.१ करोड दिएको छ । यता, नेपाली कांग्रेस भने बीपीको सिद्धान्तभन्दा टाढा पुगेको छ । यस्तो अवस्थामा सुचीलाई बीपी जन्मशताब्दीमा बोलाउनु कर्मकाण्डभन्दा बढी देखिंदैन ।

पहिलो संविधानसभाको अवधिमा ‘सहमति’ का नाममा फरक मतलाई निषेध गरिनु, संविधानसभाको असफलता र अवसानमा कसैले जिम्मेवारी नलिनु, संविधान तयार हुनुपूर्व नै जनतालाई सामेल नगरी प्रक्रिया, परम्परा तथा विधि विपरीत संघीय, धर्मनिरपेक्ष र गणतान्त्रिक मुलुक घोषित गरिनु र दोस्रो संविधानसभा निर्वाचनका क्रममा न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई समाप्त पारिनुले सुचीको प्रतिबद्धता तथा शैलीसँग नेपाली कांग्रेसको दूरी बढेको देखाउँछ । सुचीले भने आफ्नो संघर्षलाई विश्वको अपेक्षासँग निरन्तर जोडिरहेकी छन् ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>