थप समाचारसोमबार, आषाढ ९, २०७१
पर्साका एक इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा
सामुदायिक विद्यालयका लागि निकासा भएको रकम दुरुपयोग गरेको अभियोगमा अख्तियारले कार्यालयका इन्जिनियर सिंहविरुद्ध विशेष अदालतमा ९ असारमा मुद्दा दर्ता गरेको हो । आयोगका प्रवक्ता श्रीधर सापकोटाका अनुसार अभियुक्त सिंहले विद्यालय भवन निर्माणका लागि उपलब्ध गराइएको रकममा व्यापक दुरुपयोग गरेका छन् ।
उनले उपलब्ध गराइएको रकमको कुनै हिसाबकिताबसमेत नदेखाएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ । सिंहले स्थानीय सेमरबारी सिवर्वा–६ स्थित मदरसा हुस्नुल उलुम सामुदायिक प्राविमा निकासा भएको रु.५ लाख ५० हजार र धोबिनी–६ को मदरसा इस्लामिया दारुल कुरआन विद्यालयलाई दिइएको रु.५ लाखमध्ये रु.४ लाख ९० हजार दुरुपयोग गरेको अनुसन्धानबाट खुलेको आयोगको दावी छ ।
खरीद गर्नुपर्ने ट्रस, जस्तापाता खरीद नगरी बदनियतकासाथ भवन निर्माणको रकम दुरुपयोग गरी विद्यालयलाई हानिनोक्सानी पु¥याई भष्टाचार गरेको देखिएको प्रवक्ता सापकोटाले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
