थप समाचारमंगलबार, आषाढ १०, २०७१

दुर्घटनामा २१ जना घाइते

हिमालखबर

इलाका प्रहरी कार्यालय गजुरीका अनुसार भैरहवाबाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको लु१ख ६९८० नम्बरको यात्रुवाहक बस र ना३ख ६१२३ नं. को कन्टेनर ट्रक धादिङको जरेखेतमा एकआपसमा ठोक्किंदा २१ जना यात्रु घाइते भएका छन् ।

तिव्र गतिमा गुडेको गाडी एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा घाइते भएकाहरुमध्ये पाँचजनाको अवस्था गम्भीर छ । गम्भीर घाइतेलाई काठमाडाँैको बागेश्वरी अस्पताल र बी एन्ड बी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गम्भीर घाइते हुनेमा मकवानपुरका रुपेश तामाङ, भैरहवाका वैद्यनाथ गुप्ता, गाडी चालक बुटवलका यज्ञ सापकोटा, कृष्णकुमार दुबे र नवलपरासीका राजु तिवारी रहेका छन् ।

यसैगरी ट्रक चालक विश्वनाथ चमार पनि गम्भीर घाइते भएका छन् । दुर्घटनाका घाइतेहरूको स्थानीय गल्छी अस्पताल, गजुरी अस्पतालमा पनि उपचार भइरहेको छ । दुर्घटनापछि स्थानीय र सशस्त्र प्रहरीले प्राथमिक उपचार गरी उद्धार गरेका थिए ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>