थप समाचारमंगलबार, आषाढ १०, २०७१
८५ वर्षको उमेरमा एसएलसी पास गर्ने राइटरबाजेको निधन
काँगेल–८ सोलुखुम्बु निवासी राइटरबाजेको नामले चिनिने बलबहादुर कार्की जीवनज्योति उच्चमावि नेलेमा कक्षा १० मा भर्ना भई विसं २०५७ को एसएलसी परीक्षामा सहभागी भएका थिए । एसएलसी प्रथम श्रेणीमा उत्तिर्ण गरेका उनको ९ असार राति निधन भएको हो ।
ब्रिटिस सैनिकका तर्फबाट दोस्रो विश्वयुद्धमा सहभागी भएका कार्कीले काँगेल विमानस्थलका लागि करिब १५० रोपनी जग्गा प्रदान गरेका थिए ।
दुई छोरा, चार छोरी, १८ नातिनातिना र ११ जना पनाति–पनातिना भएका कार्कीको आफ्नै निवास काँगेलमा निधन भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
