Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बौद्धिकता नजाँच्ने स्कुल–कलेजका परीक्षा - Himalkhabar.com

टिप्पणीमंगलबार, आषाढ १०, २०७१

बौद्धिकता नजाँच्ने स्कुल–कलेजका परीक्षा

kedar bhakta mathema

प्रथमतः एसएलसी उत्तीर्ण सबै भाइबहिनीलाई बधाई। आफूले लेखे अनुसार अंक आएन भनेर मन कुँडाएर बसेका भाइबहिनीलाई म प्रोफेसर वाल्टर रेलाइको भनाइ सुनाउन चाहन्छु।

सीसीआरसी (क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर) का विद्यार्थी।

२०औं शताब्दीका सुप्रसिद्व अंग्रेज कवि तथा चिन्तक रेलाइले ‘विद्यालयको अन्तिम परीक्षा र ईश्वरले गर्ने अन्तिम फैसला दुई भिन्न खाले परीक्षा हो’ भनेका थिए।

रेलाइले भने झैं स्कूले परीक्षाको नतीजालाई अनावश्यक महत्व दिन नहुने अर्को पनि कारण छ। त्यो के भने, हाम्रा स्कूल/कलेजका परीक्षाले विद्यार्थीको बौद्धिकता जाँच्दैन, कक्षामा पढाइएका सूत्र र तथ्याङ्क कण्ठस्थ छ/छैन भनेर हेर्छ मात्र। यस्ता परीक्षामा विद्यार्थीको सिर्जनशील सोच, समस्या समाधानको सीप वा अभिव्यक्ति क्षमताको परीक्षण हुँदैन।

म्यासाचुसेट्स विश्वविद्यालयका प्रोफेसर निकोलस तलेबले आफ्नो प्रसिद्ध कृति ‘ब्ल्याक स्वान’ मा प्रश्न उठाएका छन्– ‘विद्यालयमा अत्यन्त राम्रो भनिएको विद्यार्थी व्यावहारिक जीवनमा पछिपर्ने तर, लद्दु भनिएकाले जीवनमा धेरै राम्रो गर्ने किन हुन्छ होला?’

उनी लेख्छन्– ‘कक्षामा दिइने ज्ञान र वास्तविक संसारमा तालमेल नमिल्दा यस्तो भएको हुनुपर्छ।’

परीक्षाको नतीजा नै सबथोक नभए पनि परीक्षा आफैंमा महत्वपूर्ण कुरा हो। त्यसैगरी, विद्यालय शिक्षा महत्वपूर्ण भए पनि यो नै जीवनको सबै कुरा होइन। विद्यालय शिक्षाले बोल्न, पढ्न र लेख्नमा निपुण बनाउँछ। एउटा व्यक्तिका रूपमा विद्यार्थीमा निहित सबै सम्भावना उजागर गर्न भने यो मात्रै प्रशस्त हुँदैन।

व्यवहार–मनोविज्ञ बीएफ स्किनरले ‘सिकेको सबै बिर्सिएपछि बाँकी रहने ज्ञान नै शिक्षा हो’ भनेका छन्।

विद्यार्थीहरू आन्तरिक रूपमा कति सक्षम महसूस गर्छन् वा कुनै प्रकारका दबाब, त्रास वा प्रलोभन दिइएको अवस्थामा आफ्नो निष्ठामा कति दृढ हुनसक्छन्, त्यो शिक्षा हो। शिक्षा त्यो चरित्र हो, जसले अरूभन्दा भिन्न र उँचो बन्न प्रेरित गर्छ।

यस्तो चरित्र कसरी निर्माण गर्ने त? मेरो सल्लाह छ– कसैलाई आदर्श वा ‘मोडल’ मान्नुहोस्।

त्यस्तो आदर्श पात्र कुनै स्वदेशी, विदेशी वा इतिहासको कुनै पात्र पनि हुन सक्छ। उसले कसरी त्यस्तो चरित्र निर्माण गर्न सक्यो बुझेर पछ्याउनुपर्छ। सबै महान् व्यक्तिमा उच्च नैतिकता, दृढ संकल्प, कामप्रतिको समर्पण र मिहिनेतका गुण हुन्छन्।

बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले मानिसको सद्गुणबारे भनेकी थिइन्, “कडा मिहिनेत बिना कोही पनि चुचुरोमा पुग्दैन, उँचाइमा पुग्ने विधि यो नै हो। मिहिनेतले सधैं चुचुरोमै नपुर्यााए पनि त्यसको नजिकै त पुर्यानउँछ, पुर्याउँछ।”
आदर्श व्यक्ति छान्दा के बिर्सनुहुँदैन भने, हरेक व्यक्ति आ–आफ्नै मौलिक विशेषता, गुण र दोषका आधारमा अरूभन्दा फरक हुन्छन्।

जति नै चाहे पनि अरू जस्तो बन्न सकिन्न र मन पराएका व्यक्तिहरूको ठ्याक्कै नक्कल गर्नुहुँदैन।

भनिन्छ, जीवनको परीक्षा सबैभन्दा कठिन हुन्छ। धेरै मानिस आफूभित्रको रुचि र शक्तिलाई नबुझेर अरूको नक्कल गर्न खोज्दा जीवनको परीक्षामा अनुत्तीर्ण हुन्छन्।

आफ्ना ‘हिरो’ लाई पछ्याउनु भनेको उसको पेशाको नक्कल नभई उसमा निहित गुणलाई पछ्याउनु हो। कुनै पनि पेशा सानो वा ठूलो हुँदैन।

मैले त्यस्ता कैयौं प्राथमिक शिक्षक र हेल्थअसिस्टेन्ट भेटेको छु, जसले समाजलाई ठूलो गुन लगाएका छन्। त्यसैगरी, बिना सीपका ठूल्ठूला मेडिकल डाक्टर र कुनै प्रेरणा दिन नसक्ने प्रोफेसर पनि भेटेको छु।

पेशा जेसुकै हुन सक्छ, तर त्यसमा सन्तुष्ट र खुशी भएर लाग्नेहरूले आफ्नो वरिपरि ऊर्जा र खुशी फैलाइरहेका हुन्छन्।

पेशाको निष्ठा नराखी पैसामा मात्रै ध्यान दिनेहरू जस्तोसुकै पेशा वा पदमा भए पनि अधम प्राणीमा गनिन्छन्। उनीहरू न आफू सुखी हुन सक्छन् न त अरूलाई खुशी दिन सक्छन्।

आफूभित्रको रुचिलाई हराउन नदिई आफूले टेकेको जमीन र जन्मे–हुर्केको सामाजिक–राजनीतिक परिवेश बिर्सिनुहुन्न। दुर्भाग्यवश, हाम्रा स्कूल/कलेजका पाठ्यक्रमले विद्यार्थीलाई समाजबाट अलग्याउँछन्। कथित राम्रा विद्यालयले विद्यार्थीलाई उनीहरू हुर्केको समाज–संस्कृतिभन्दा भिन्न कुरा सिकाउँदै छन्।

यति भन्दाभन्दै पनि, जीवनमा सफलताका लागि कहाँ हुर्कनुभयो भन्ने सम्झ्नाभन्दा बढी कस्तो उत्सुकता र कल्पना लिएर कहाँ पुग्न चाहनुहुन्छ भन्ने कुराले महत्व राख्छ।

निरन्तर अध्ययनले नयाँ ज्ञान र सीपको विकाससँगै आत्मनिरीक्षण र आत्मानुसन्धानको अवसर सिर्जना गर्नेछ।

नयाँ ठाउँ पत्ता लगाउन दृष्टिलाई किनाराभन्दा टाढा पुर्यानउनै पर्छ भन्ने फ्रान्सेली विद्वान् एन्ड्रे जिडको भनाइलाई शाब्दिक रूपमा मात्र बुझनुहुँदैन। शाब्दिक रूपमै बुझनुभयो भने पनि आफ्नो किनारमा फर्कन नबिर्सनेमा आशावादी छु। साहस र दृढताको परीक्षा हुने नयाँ यात्रामा निस्केका सबै भाइबहिनीलाई मेरो शुभकामना।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>