Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भोला विना बर्फी अधुरो - Himalkhabar.com

ब्लगशनिबार, भाद्र ३०, २०६९

भोला विना बर्फी अधुरो

अनुशील

नेपाली रंगकर्मी भोलाराज सापकोटा

२९ भदौदेखि रिलिज भएको बर्फीमा बोल्न र सुन्न नसक्ने बहिरा बर्फी बनेका बलिउडका चर्चित नायक रणविरका लागि उनको बाल्यकालदेखिको साथीको भूमिकामा भोला देखिएका छन् । अनुराग वासुको निर्देशनमा बनेको यो फिल्ममा भोलाले महत्वपूर्ण भूमिका गरेका छन् ।  भूमिका महत्वपूर्ण भएर पनि भोलाले आफ्नो अभिनय कला देखाउने ठाउँ भने कम पाएका छन् । तर, पनि नेपाली रंगकर्मीले बलिउडको सिल्भर स्क्रिनमा रणविर कपुरसँगै देखापर्ने अवसर पाउनु महत्वपुर्ण उपलब्धी हो ।

दार्जीलिङको चिया बगानका मालीकको गाडी चलाउने जङ्गबहादुरको छोराको रूपमा देखिएका रणविरसँगै प्रियङ्का चोपडा र इलियाना डिक्रुजको वरिपरि घुमेको बर्फीको कथामा भोला महत्वपूर्ण सहयोगीको भूमिकामा छन् । फिल्ममा तन्नेरीदेखि वृद्ध अवस्थासम्म भोलाले बर्फीलाई साथ दिएका छन् ।  रणविर र प्रियङ्का दुवै बोल्न नसक्ने भूमिकामा छन् । उनीहरूको कथा दर्शकलाई सुनाउने काम भोलाले समेत पाएका छन् । जति–जति बेला बर्फीलाई समस्या पर्छ भोला साथमा हुन्छन् । तर नबोल्ने नायक–नायिकाहरू भएको अवस्थामा बोल्न सक्ने भूमिका पाएका भोलाको भागमा धेरै संवाद छैन । उनलाई निर्देशकले दिएको काम भने राम्रैसँग पूरा गरेका छन् । जति अवसर पाएका छन्, त्यसमा उनले न्याय गरेका छन् । दर्शकलाई भने उनले आफ्नो अभिनय क्षमता देखाउने ठाउँ नै नपाएको आभास हुन्छ । तर, दर्शकले बहिरा रणविरसँगै उनलाई हरदम सहयोग गर्ने भोलालाई भने सम्झिरहने छन् ।

नेपाली फिल्ममा एकपछि अर्का रंगकर्मीहरू धमाधम छाइरहेको बेला भोलाको बलिउड ‘डेब्यु’ आशलाग्दो छ । रिलिजको पहिलो दिन राजधानीको सिभिल मलमा फिल्म हेर्दा भोलाले आफ्नो संवाद भएका र केही कमेडी दृश्य खिचिएको भए पनि फिल्ममा समावेश नगरिएको पाए । उनीसँगै फिल्म हेरेका यस पंक्तिकारलाई उनले भने, “प्रियङ्का चोपडा र अर्की नायिका इलियानासँग भएको केही हास्य दृश्य काटिएको रहेछ । त्यो भएको भए अझ गज्जब हुन्थ्यो ।” मुम्बईमा हुन लागेको बर्फीको प्रिमियर नहुने भएपछि सिभिल मलमा केही साथीहरूका साथ भोलाले ‘बर्फी’ हेरेका थिए । हलभित्र फिल्मका नायककै साथीको भूमिका गर्ने भोला रहेको थाहा पाएपछि हल व्यवस्थापनले मध्यान्तरपछि पर्दा अघिल्तिर उनलाई उभ्याउँदा दर्शक ‘सरप्राइज’ भएका थिए । केही दर्शकले मोबाइलबाट तस्बीर र भिडियो समेत खिचिरहेका थिए । मध्यान्तरअघि नै पर्दामा देखिसकेका भोलाको लागि सबैले ताली बजाए ।

बलिउड फिल्म बर्फिमा भोलाराज सापकोटा।

फिल्म प्रदर्शन अघि नै फिल्मको गीत र प्रोमोहरूमा समेत देखा परेका भोलाको लागि ‘बर्फी’ बलिउडमा पाइला राख्ने दरिलो खुट्किलो भने बनेको छ । त्यसो त बलिउडको सिल्भर स्क्रिनसम्म पुग्दाको भोलाको अनुभव रमाइलो छ । भन्छन्, “जुन अवसर पाएँ, सम्झँदा सपना जस्तै लाग्छ ।” गुरुकुलमा भोलाको अभिनय हेरेका र वासुको अघिल्लो फिल्म काइटसमा सह निर्देशक रहेका फिल्म निर्देशक प्रशान्त रसाइलीले भोलाको तस्बिर बर्फी का निर्देशकसम्म पुरयाएका थिए । कोलकाता पुगेर अडिसन दिएका उनलाई आफू फिल्ममा छनोट भएको खबर पाउँदा शुरूमा पत्याउनै गाह्रो भएको थियो । प्रदर्शन अगावै हिमाल खबरपत्रिका का लागि कुरा गर्दा भोलाले भनेका थिए “रणविर कपुरसँग यति ठूलो फिल्ममा ब्रेक पाउनु मेरा लागि ठूलै फड्को हो । अब यसले नयाँ सम्भावनाका ढोका खोल्ने आशा गरेको छु ।” प्रदर्शनपछि दर्शकले कस्तो रूपमा लिने हुन् भनेर उत्सुक रहेका उनी २९ भदौमा दर्शकसँगै बसेर फिल्म हेरेपछि दर्शकको प्रतिक्रियाबाट खुशी नै भएका छन् ।

त्यसमाथि प्रयोगात्मक तर व्यावसायिक फिल्मको रूपमा फिल्मले बलिउडको मिडियाबाट समेत सकारात्मक प्रतिक्रियासँगै राम्रो व्यापार गरिरहेको छ । पहिलो दिन नै करिब रु. १०  करोड भारु कमाइ गरेको बर्फीलाई भारतीय समीक्षकहरूले ३ भन्दा माथि र साढे ४ स्टारसम्म दिएका छन् । फिल्मको कथाले दर्शकलाई साढे २ घण्टासम्म तान्छ । कौतुहलतासँगै मज्जाले हँसाउँछ र अपाङ्गताको रूपमा प्रस्तुत भएका रणविर र प्रियङ्काको अभिनयले बेलाबेला भावुक पनि बनाउँछ । गीत–सङ्गीत र फिल्ममा यसको प्रयोग उम्दा छ ।

हेटौंडाका भोलाराजलाई नाटकको नशा लागेको ७ कक्षामा पढ्दैदेखि हो । पछि स्थानीय साथीहरूसँग मिलेर नव जीवनज्योति क्लब नै बनाएर नाटक गर्न थालेका थिए । हिन्दी चलचित्र हेरेर क्यारिकेचर गरेर सबैलाई हँसाउने उनी २०५० सालमा आफ्नो भविष्य खोज्दै राजधानी छिरेका थिए । यसबीचमा उनले गुरुकुलका डेढ दर्जन नाटकहरूमा उम्दा अभिनय प्रदर्शन गरेका छन् । सानो संसार चलचित्रमा सानै भूमिका गरेका उनले बर्फीमा गरेको कामबाट मर्डर, मेट्रो इन लाइफ, काइटस जस्ता फिल्म बनाउने निर्देशक अनुराग वासु समेत खुशी रहेको भोला बताउँछन् । केही महीनाअघि नेपाल आएको बेला समेत निर्देशक वासुले भोलामा राम्रो सम्भावना रहेको बताएका थिए ।

फिल्ममा प्रहरी निरिक्षकको भुमिका गर्ने बलिउडका फिल्म लेखक तथा निर्देशक समेत रहेका सौरभ शुक्लाले भोलाको काम देखेरै उनले बनाउँन लागेको फिल्ममा काम दिने वचन दिइसकेका छन् । बर्फीको छायाङ्कनका क्रममा बलिउडका चर्चित कलाकारहरूसँगको रमाइलो अनुभव सँगालेका भोलाले नायक रणविर कपुरबाट अरू फिल्महरूमा कुरा गरिदिने आश्वासन समेत पाएका छन् । भोला भन्छन्, “अभिनयमा मात्रै हैन रणविरसँग शूटिङ अवधिमा साँच्चिकै साथी साथी भयौं ।” दुई महीनाअघि प्रोमो रिलिजको बेला मुम्बईमा भेट हुँदा समेत रणविरले भोलालाई बलिउडमा राम्रो सम्भावना छ भन्दै मुम्बईमा एजेण्ट नियुक्त गर्ने सल्लाह दिएका थिए । बायोडाटा र तस्बीरहरूसहित कम्तीमा भारु ३५ हजार र काम पाएपछि कमिसन लिएर नयाँ फिल्महरूमा काम खोजिदिने धेरै एजेण्टहरू मुम्बईमा सक्रिय छन् । भोलाले एजेण्ट नियुक्त गर्ने र अरू बलिउडको माहोल थाहै नभएको बताएपछि रणविरले भनेका थिए “मेरो सहयोग चाहिए जुनसुकै बेला सम्पर्क गर्न अप्ठ्यारो नमान्नू ।”

बलिउड फिल्म बर्फि मा रणविर कपुरका साथ भोलाराज सापकोटा।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>