खेलकुदमंगलबार, आषाढ १०, २०७१

उरुग्वे दोस्रो चरणमा, इटाली बाहिरियो

हिमालखबर


विश्वकप फूटबलको १० असार राति भएको खेलमा उरुग्वेले इटालीलाई १–० गोलले हराएको हो । उरुग्वेका डिफेन्डर डिएगो गोडिनले ८१ औं मिनेटमा निर्णायक गोल गरे ।

जीतसँगै समूह डी मा रहेको उरुग्वेको ६ अंक भयो र दोस्रो चरणमा पुग्यो । एउटा खेलमा जीत र दुई खेलमा हार व्यहारेको इटाली भने समूह चरणबाटै बाहिरियो ।

समूह डी अन्तर्गतको अर्को खेलमा दोस्रो चरणमा पुगिसकेको कोस्टारिका र इङ्गल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकियो । अन्तिम खेलमा एक नम्बर जोडेको कोस्टारिका सात अंक सहित समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो ।

समूह डी अन्तर्गतको अर्को खेलमा दोस्रो चरणमा पुगिसकेको कोस्टारिका र इङ्गल्याण्डबीचको खेल गोलरहित बराबरीमा सकियो । अन्तिम खेलमा एक नम्बर जोडेको कोस्टारिका सात अंक सहित समूह विजेताको रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो । दोस्रो चरणमा कोस्टारिकाले समूह सिको उपविजेता र उरुग्वेले समूह सिको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...