थप समाचारबुधबार, आषाढ ११, २०७१

पार्टीभित्रकै अन्तरद्वन्द्वले उपनिर्वाचनमा लज्जास्पद हारः भट्टराई

हिमालखबर

तस्वीरः ईश्वरचन्द्र झा

एमाओवादी नेता भट्टराईले पार्टीभित्रको अन्तरद्वन्द्व व्यवस्थापन हुन नसक्दा उपनिर्वाचनमा हार व्यहोर्नुपरेको बताएका हुन् । जनकपुरमा ११ असार बिहान भएको पत्रकार सम्मेलनमा उनले पार्टीभित्रको अन्तरद्वन्द्व व्यवस्थापन गर्न नसके एमाओवादीप्रतिको आकर्षण अझै खस्किदैं जाने दावी गरे ।

”पार्टीभित्रको अन्तरद्वन्द्व व्यवस्थापन गरेर समावेशी लोकतन्त्र र संघीयतासहितको संविधान निर्माण गर्न नसके पार्टीमा आकर्षण नै रहदैन,” उनले भने । उनले पार्टीभित्र देखिएको अन्तरद्वन्द्व व्यक्तिगत नभएर वैचारिक भएको जिकिर गरे ।

उनले भने, “समान विचार भएका कम्युनिष्ट नेताहरुलाई एकीकृत गरेर नयाँ शक्तिको पुनरजन्म गर्नुपर्ने अहिलेको आवश्यकता हो ।”

उनले तोकिएको ८ माघभित्र संविधान जारी हुने पनि दावी गरे । उनले समयभित्र संविधान जारी गर्न अहोरात्र काम भइरहेको बताए ।

ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>