अर्थ/बजारबुधबार, आषाढ ११, २०७१

एमए–६० ले उडान शुरु गर्‍यो

हिमालखबर

चीनसँग नेपाल वायुसेवा निगमले किनेको ‘एमए–६०’ विमान ११ असार विहान चालकदलका सदस्य र २९ जना यात्रुसहित पहिलो व्यवसायिक उडान विराटनगरमा भरेको छ ।

निगमका प्रवक्ता रामहरि शर्माका अनुसार उक्त विमानले अब नियमित गर्ने छ । काठमाडौंबाट करिब ४० मिनटमा विमान विराटनगर पुगेको थियो । आज एउटामात्रै उडान गर्ने र १२ असार देखि तालिका अनुसार नियमित उडान गर्ने प्रवक्ता शर्माले बताएका छन् ।

चीनबाटै आएका पाइलट र को–पाइलटले विमानलाई विराटनगर पुर्याएका हुन् । उक्त विमानले काठमाडौंबाट विराटनगर, भैरहवा, भद्रपुर र धनगढीमा उडान गर्ने निगमले जनाएको छ ।

निगमले करसहित काठमाडौंदेखि भद्रपुर प्रतियात्रु रु.४ हजार १३०, भैरहवा रु. ३ हजार १४५, विराटनगर रु. ३ हजार ५०५ र धनगढीका लागि ५ हजार ७४० रुपैयाँ भाडा तोकेको छ । यो भाडा केही महिनाका लागि मात्र तय गरिएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>