Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीजमा नयाँ पुराना कलाकर्मीलाई सम्मान - Himalkhabar.com

रमझमशनिबार, भाद्र ३०, २०६९

तीजमा नयाँ पुराना कलाकर्मीलाई सम्मान

हिमालखबर

सम्मानित हुनेहरु । सबै तस्बीर:ऋषिराम कट्टेल

दिपाश्री र निशा सुनार

फेशन शो

यसरी सम्मानित हुनेहरुमा नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द, हास्य अभिनेत्री बसुन्धरा भुषाल, अभिनेत्री मिथिला शर्मा, गीतकार उन्नति बोहरा शिलालाई सालिमार विशेष सम्मानबाट सम्मानित गरियो । त्यसैगरी हास्य अभिनेत्री दीपाश्री निरौला, नायिका निशा अधिकारी र ऋचा शर्मा, गायिका माण्डवी त्रिपाठी तथा पत्रकार स्मृति ढुंगानालाई सालिमार सम्मानबाट सम्मानित गरियो । कार्यक्रमकी प्रमुख अतिथि एनेकपा माओवादीकी नेतृ एवं प्रम पत्नी हिसिला यमीले सम्मानितलाई ताम्रपत्र तथा आयोजक संस्थाका प्रतिनिधिले दोसल्ला ओढाई सम्मान प्रदान गरेका थिए । तीजको अवसर पारेर वर्षौंदेखि नेपाली चलचित्रमा आ–आफ्नो क्षेत्रबाट योगदान पुरयाएका र नयाँ कलाकारलाई सम्मान गरेको आयोजक सालिमार ज्वेलर्सका अध्यक्ष रामकिसन गोयलले बताए । उनले भने, “आगामी वर्षदेखि यस्तो कार्यक्रमलाई निरन्तरता दिनेछौं ।”

कार्यक्रममा रमेशराज भट्टराई, निशा सुनार, माण्डवी त्रिपाठीले तीजका गीत गाएर मनोरन्जन मात्र दिलाएनन् उपस्थित दिदीबहिनीलाई तीजका गीतमा छमछमी नचाए पनि । मनोज गजुरेलले हास्य प्रस्तुतिमार्फत पेट मिची–मिची हँसाए भने शंकर बिसी, संझना बुढाथोकी, रिना गिरीलगायतले नृत्य गरेर मनोरन्जन दिलाए । कार्यक्रममा एक दर्जन मोडलले फेसन शो समेत गरेका थिए । सुनका नयाँ नयाँ गहनामा मोडललाई ¥याम्पमा उतारिएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>