Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अर्जेन्टिनासँग हारेर पनि नाइजेरिया अन्तिम १६ मा - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ १२, २०७१

अर्जेन्टिनासँग हारेर पनि नाइजेरिया अन्तिम १६ मा

हिमालखबर

अर्जेन्टिनाका फरवर्ड लियोनेल मेसीले प्रहार गरेको शट बाहिरिए पछि नाइजेरियाका गोलकिपर भिन्सेन्ट इनेयामा र मेसी । तस्वीरः एएफपी

ब्राजिलमा जारी विश्वकप फुटबल अन्तर्गत ११ असारमा भएको खेलमा अर्जेन्टिनाले नाइजेरियालाई ३–२ ले हराएको छ । जित्ने अर्जेन्टिना र हार्ने नाइजेरिया दुबै नकआउट चरणमा प्रवेश गरेका छन् ।

त्यस्तै समूह– ‘एफ’ कै अर्को खेलमा बोस्निया हर्जगोभिनाले इरानलाई ३–१ ले हराएको छ ।

दुई पटकको विश्वकप च्याम्पियन अर्जेन्टिना नौ अंकका साथ अर्को चरणमा प्रवेश गरेको छ भने इराकमाथि शानदार जीत हासिल गरे पनि बोस्निया अर्को चरणमा प्रवेश गर्न सकेन ।

समूह– ‘एफ’ मा नाइजेरियाले एक खेलमा जीत र अर्कोमा बराबरी खेलेर ४ अंकका साथ दोस्रो चरणमा स्थान बनाएको हो ।

तस्वीर: एएफपी

अर्जेन्टिना र नाइजेरियाको खेल अत्यन्तै रोमाञ्चक रह्यो । अर्जेन्टिनी स्टार खेलाडी लियोनेल मेसीले खेलको तेस्रो मिनटमा गरेको गोलको जवाफमा नाइजेरियाका मुसाले चौथो मिनटमा गोल गरे ।

काउण्टर अट्याकमा नाइजेरियाले गरेको गोलसँगै बराबरीमा रहेको खेललाई पहिलो हाफको  थप समयमा  गोल गरेर मेसीले अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए ।

मध्यान्तरपछिको खेल शुरु भएको दुई मिनटमै नाइजेरियाका मुसाले अर्को गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्‍याए ।

अन्तिममा अर्जेन्टिनाका मार्कोस रोजोले खेलको ५० औं मिनटमा गरेको गोल निर्णायक हुन पुग्यो र अर्जेन्टिनाले ३–२ को अन्तरले खेल जित्यो ।

इरानको हार

यसै समूहको अर्को खेलमा बोस्निया हर्जगोभिनाले इरानलाई ३–१ को फराकिलो अन्तरले हराएर दर्शकहरुलाई चकित बनायो ।

प्रतियोगिताका अन्य खेलहरुमा राम्रै प्रदर्शन गरेको इरानले अर्जेन्टिनासँग १–० को अन्तरले मात्रै हारेको थियो भने नाइजेरियालाई गोलरहित बराबरीमा रोकेको थियो ।

तर, बोस्निया हर्जगोभिनासँगको खेलमा भने इरानले ३ गोल खानु पर्‍यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>