Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
फ्रान्स र स्विटजरल्याण्ड पनि अर्को चरणमा - Himalkhabar.com

खेलकुदबिहीबार, आषाढ १२, २०७१

फ्रान्स र स्विटजरल्याण्ड पनि अर्को चरणमा

हिमालखबर

स्विटजरल्याण्ड भर्सेस होण्डुरस । तस्वीर: एएफपी

११ असारमा भएको खेलमा स्विटजरल्याण्डले होण्डुरसलाई ३–० ले हराएर अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको छ भने यसै समूहको अर्को खेलमा इक्वेडरलाई गोलरहित बराबरीमा रोकेर फ्रान्स पनि अन्तिम १६ मा उक्लेको छ ।

खेल अवधिभर होण्डुरसमाथि दबाब बनाएको स्विटजरल्याण्डका जेरदान शकिरीले खेलको छैटौं, ३१ औं र ७१ औं मिनटमा गोल गरेर ह्याट्रिक गरे ।

स्विटजरल्याण्डले आफ्नो पहिलो खेलमा इक्वेडोरलाई २–१ ले हराएको थियो भने दोस्रो खेलमा फ्रान्ससँग ५–२ ले हारेको थियो ।

यो समूहमा फ्रान्सले दुई जीत र एक बराबरी खेलेर ७ अंक बटुल्दै शीर्षस्थानमा रहेको छ ।

अब नकआउट चरणमा फ्रान्सले नाइजेरियाको सामना गर्नु पर्ने छ भने स्विटजरल्याण्ड अर्जेन्टिनासँग भिड्ने छ ।

पाँचवटा दक्षिण अमेरिकी देश अर्को चरणमा पुगेको यो विश्वकपमा इक्वेडोर भने पहिलो चरणमै बाहिरिने एक्लो दक्षिण अमेरिकी टिम भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>