खेलकुदबिहीबार, आषाढ १२, २०७१

विश्वकप फुटबलः पहिलो चरणका अन्तिम चार खेल हुँदै

हिमालखबर

जर्मनीका थोमस मुलर ।

विश्वकप फुटबल- २०१४ मा विहीबार पहिलो  चरणका अन्तिम चार खेल खेलिएपछि  अन्तिम १६ मा उक्लिने संघर्ष समाप्त हुनेछ ।

बिहीबार समूह ‘जी’ मा पोर्चुगलको सामना घानासँग हुनेछ भने अमेरिकाले जर्मनीको सामना गर्दैछ । त्यसैगरी समूह ‘एच’ अन्तर्गत दक्षिण कोरिया र बेल्जियमबीच खेल हुँदै छ भने यसै समूहका अल्जेरिया र रुस पनि भिड्नेछन् ।

समूह ‘जी’ अन्तर्गत जर्मनीले एक जीत र एक बराबरी खेलेर चार अंकसहित समूहको पहिलो स्थानमा छ भने अमेरिकाले पनि एक जीत र एक बराबरी खेले पनि गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा छ ।

घाना र पोर्चुगलले एक एक खेल हारेका छन् भने एक एक खेल बराबरीमा टुंग्याएका छन् । अहिलेसम्म घाना १ अंकका साथ तेस्रो स्थानमा छ भने पोर्चुगल १ अंकका साथ गोल अन्तरका आधारमा चौथो स्थानमा छ ।

जर्मनीले आफ्ने शुरुको खेलमा पोर्चुगललाई ४–० को ठूलो अन्तरले पराजित गरेको थियो । जर्मन फरवर्ड थोमस मुलरले तीन गोल गरेर आफ्नो क्षमता देखाइसकेका छन् । जर्मनीाई हराउन अमेरिकालाई सहज हुने छैन ।

घाना र पोर्चुगल

त्यसैगरी घानाले यसअघि जर्मनीसँग २–२ को बराबरी खेलेको थियो । बिहिबार हुने खेलमा जर्मनी र अमेरिकाबीच बराबरी भयो भने दुबै टिम अन्तिम १६ मा पुग्ने छन् ।

त्यसो भएन भने घाना र पोर्चुगलको खेल परिणामले अन्तिम १६ मा को उक्लने भन्ने निश्चित गर्नेछ ।

फिफा बरियताक्रममा चौथो नम्बरमा रहेको पोर्चुगल पहिलो चरणबाटै बाहिरिने संभावना बढी छ ।

अल्जेरियाको संभावना

समूह ‘एच’ मा भने दुई जीतका साथ बेल्जियम पहिले नै अन्तिम १६ मा पुगिसकेको छ । ३ अंक जोडेको अल्जेरिया रुससँग बराबरी खेले पनि दोस्रो चरणमा पुग्न सक्नेछ ।

यसअघि अल्जेरियाले दक्षिण कोरियालाई ४–२ ले हराएको थियो । १ अंक मात्रै बटुलेको रुसलाई अन्तिम १६ मा पुग्नका लागि अल्जेरियालाई हराउनु जरुरी छ जुन त्यती सहज छैन । त्यसैगरी बेल्जियम पनि कोरिया भन्दा सशक्त देखिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>