खेलकुदशुक्रबार, आषाढ १३, २०७१
जितेर पनि बाहिरियो पोर्चुगल
ब्राजिलमवा जारी विश्वकपमा १२ असारमा भएको खेलमा पोर्चुगलले घानालाई २–१ ले हरायो भने अमेरिका जर्मनीसँग १–० ले पराजित भए पनि दोस्रो चरणमा प्रवेश गरेको छ ।
जर्मनी दुई जीत र एक बराबरी खेलेर ७ अंक जोड्दै समूहको शीर्षस्थानमा रह्यो । अमेरिका र पोर्चुगल दुवैको समान ४ अंक भए पनि अमेरिका गोल औषतका आधारमा दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा पुग्न सफल भयो ।
जर्मन खेलाडी थोमस मुलरले खेलको ५५ औं मिनटमा अमेरिकाविरुद्ध गोल गरेपछि जर्मनीले १–० ले खेल जित्यो ।
अमेरिकाले समूह चरणको प्रतियोगितामा ४ गोल ग¥यो भने उसकाविरुद्ध ४ गोल भयो ।
पोर्चुगलले भने ४ गोल गरे पनि सात गोल खाएको हुँदा गोल औषतका आधारमा अर्को चरणमा उक्लन सकेन । अर्को चरणमा पुग्न पोर्चुगलले घानालाई ६–१ को अन्तरले हराउनु पथ्र्यो ।
पोर्चुगलले घानालाई २–१ ले हरायो । उसको यो जीतका लागि विश्वकै राम्रामध्येका खेलाडी क्रिस्टियानो रोनाल्डोले ८० औं मिनटमा गरेको गोल निर्णायक रह्यो । यसअघि पोर्चुगलका तर्फबाट ३१ औं मिनटमा बोएले एक गोल गरेका थिए ।
पोर्चुगल फिफा बरियताक्रममा चौथो नम्बरको टिम हो ।