Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अवतारको चमत्कार नेपाली चेली - Himalkhabar.com

रमझमशुक्रबार, आषाढ १३, २०७१

अवतारको चमत्कार नेपाली चेली

हिमालखबर

-ऋषिराम कट्टेल

डेढ दशकअघि गोरखाबाट अमेरिका पुगेकी प्रतिज्ञा तामाङ चार वर्षयता प्रमिस तामाङ फानको नामले युट्युब सेलिब्रेटी बनेकी छन्– मेकअप कलाका कारण। उनको मेकअप जादू युट्युबको च्यानल dope 2111 मा भएका भिडियोमा देख्न सकिन्छ।

प्रतिज्ञाको उदय यति चामत्कारिक रहयो कि उनले आफैंलाई आफ्नो ख्यातिमा विश्वस्त हुन गाह्रो परेको बताइन्। तर, मेकअप सिकाउने उनका भिडियो २९ करोड जनाले हेरिसकेका छन् भने २४ लाखभन्दा बढी सब्स्क्राइबर बनेका छन्।

उनको फेसबुक पेजमा लाइक संख्या चार लाख ४७ हजार पुगेको छ। प्रतिज्ञाको भिडिओ हेरेर विश्वभरका युवती अझ सुन्दरी बन्छन् भने उनी स्वयं चाहिं कहिले मोनालिसा, कहिले माइकल ज्याक्सन त कहिले एन्जेलिना जोलीको अवतारमा प्रकट हुन्छिन्।

प्रतिज्ञा व्यावसायिक मेकअप आर्टिष्ट होइनन्, तर उनको कला चामत्कारिक छ। यही कारण, अमेरिका, बेलायत, भारत, जर्मनी, फ्रान्स लगायतका मुलुकमा उनका प्रशंसकको ठूलो जमात तयार भएको छ।

बेलायतको ‘डेली मेल’ पत्रिकाले फेसनमा उनले ल्याएको नयाँपनको प्रशंसा गर्दै युट्युब मेकअप गुरु भनेको छ।

उनी विश्वप्रसिद्ध कलाकारको शैली पछ्याउँदै आफैं मेकअप गर्छिन् र युट्युब मार्फत अरुलाई सिकाउँछिन्। सन् २००९ देखि युट्युबमा आएकी उनलाई ‘रुप बदल्न सक्ने केटी’ भनेका छन्।

सानैदेखिको श्रृंगार सोखले आफूलाई मेकअप कलामा ल्याएको बताउने प्रतिज्ञाले विश्व प्रसिद्ध पेन्टिङ मोनालिसा, कलाकार माइकल ज्याक्सन, एन्जेलिना जोली, जस्टिन विवर, केटी पेरी, जेसिका र्‍याविट, रिहन्ना, निक्की मिनेज, ऐश्वर्या राय लगायतका भेष धारण गरेर संसारलाई चकित पारेकी छन्।

आफूलाई मेकअप मन पराउने सामान्य केटीको रुपमा चित्रण गर्ने उनले यस्तो खाले कुनै प्रशिक्षण नलिएको बताइन्। “अंग्रेजी चलचित्र अवतार हेरेपछि पहिलो पटक त्यसको एक पात्र नभिसको मेकअप गरेर युट्युबमा राखेपछि अनायासै मेरो पनि नयाँ अवतार शुरु भयो”, प्रतिज्ञाले कुरा खोलिन्।

त्यसले प्रतिक्रियाको बाढी ल्यायो। ‘यस्तो जादूमयी काम कसरी गर्‍यौ’ भन्ने जिज्ञासाहरुको सविस्तार जवाफ राखेपछि प्रतिज्ञा एकाएक ‘हिट’ भइन्। त्यसपछि उनले एन्जेलिना जोली बनेको भिडियो राखिन्, जसलाई करोड भन्दा बढीले हेरे।

अहिलेसम्म १३५ वटा भिडियो पोष्ट गरिसकेकी प्रतिज्ञाको एन्जेलिना अवतार हेरेपछि फेसबुक फ्रेण्ड बनेका भियतनामी मूलका अमेरिकी स्टिभ फान अन्ततः उनका दुलाहा नै बन्न पुगे। स्टिभ विश्वप्रसिद्ध मेकअप आर्टिष्ट मिसेल फानका भाइ हुन्। प्रतिज्ञा अब उनलाई नेपाल घुमाउने योजनामा छिन्।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>