अन्तर्वार्ता/विचारआइतबार, भाद्र ३१, २०६९
‘क्रिकेटमा नेपालको जति संभावना अरुको छैन’
के लक्ष्य राखेर नेपाल आउनु भएको थियो ?
यहाँ आउनुअघि धेरै गृहकार्य गरेको थिएँ । एसियन कि्रकेट काउन्सिलका अधिकारीहरुसँग कुरा गर्दा नेपालमा सम्भावना धेरै छ तर खेल माथिल्लो स्तरमा पुग्न सकेको छैन भन्ने थाहा पाएँ । चुनौतीहरु मन पराउने कारणले मैले नेपाल रोजेको हुँ र मेरो लक्ष्य नेपाललाई कम्तिमा डिभिजन वानसम्म पुर्याउने हो । हामी त्यसका लागि काम गर्दै छौं ।
कस्तो रह्यो एक वर्षे प्रशिक्षण अनुभव ?
म आउनु अघिका प्रशिक्षक रोयले निकै राम्रो काम गरेका थिए । मेरो पहिलो काम नेपाली टोलीलाई टी-ट्वेन्टी टोलीमा बदल्नु थियो जुन त्यति सजिलो थिएन किनकी हाम्रा धेरै जसो खेलाडीहरु ५० ओभरको खेलमा सुहाउने खालका छन् । उनीहरुमा धेरै प्रतिभा थियो तर ठुला खेलहरु जित्न चाहिने एक्स्पोजर थिएन र त्यसैले पछिल्लो १० महिनामा धेरै मेहनत गर्यौ ।
नेपालको डिभिजन थ्रीसम्मको यात्रा कसरी सम्भव भयो ?
टी-ट्वेन्टीको लागि ब्याट्स्म्यानले मैदानको चारैतिर शट हान्न सक्ने हुनुपर्छ । प्रेसरमा खेल्नको लागि मानसिक रुपमा बलियो र आत्मविश्वासी हुन जरुरी भएकोले हामीले त्यसमा मेहनत गर्यौं । र फलस्वरुप पछिलो ६ महिनामा हामीले ठुलो छलाङ मारेका छौँ ।
मिडियामा हाम्रो ब्याटिङमा कमजोरी छ भन्ने कुरा सुने तापनि मैले कहिल्यै पनि विश्वास गरिन । खेलाडीहरुमा क्षमता थियो। र ठुलो स्टेजमा प्रेसरमा खेल्दा आत्माविश्वाशी र शान्त पनि हुनुपर्ने भएकाले यो पक्षमा ध्यान दियौं । पारस खड्का, अमृत भट्टराई, शक्ति गौचन, चन्द्र साउदले विदेशी भुमि बिताएको समय बिनोद दासको अनुभव र सुबास खकुरेलले पछिल्लो समयमा खेलेका खेलहरुले निकै सहयोग गर् यो ।
प्रतियोगिताको अघिल्लो दिनसम्म यदि विश्वकप वा डिभिजन एकमा पुग्न सकेनांै भने खेलाडीहरुले यहि क्षेत्रलाई निरन्तरता दिनुको औचित्य हुँदैन भनेर खेलाडीहरु निकै चिन्तित देखिन्थे । हामी आफैले मिहिनेत गरेनौं भने अरु कसैले हामीलाई डिभिजन एकमा पुर् याउने होइन भनेर सम्झाएँ । टिम मिटिङमा जे योजना बनाएका थियौं मैदानमा त्यस्तै गर्न सकियो ।
फिट्नेसको हिसाबले नेपाली खेलाडीहरु कस्तो छन् ?
४-५ जनाको फिट्नेस एकदमै राम्रो छ । बाँकीले मेहनत गर्नुपर्ने देखिन्छ । यस टुर्नामेन्टको समिक्षा गर्नेछौं र क-कसले सुधार गर्नु पर्छ त्यो पनि थाहा हुनेछ । नेपालका खेलाडीहरु प्रत्येक खेलमा शतप्रतिशत दिन्छन् ।
विश्वकप २०१५ मा नेपालको सहभागितालाई लिएर खेलप्रेमीहरु आशावादी छन् । तँपाई के भन्नुहुन्छ ?
प्रतियोगिता जितिन्छ भन्ने ग्यारेन्टी कहिले पनि हुँदैन । टोलीप्रति मलाई विश्वास छ कि हामी डिभिजन एकसम्म पुग्छौं । त्यो मेरो पहिलो लक्ष्य हो । डिभिजन थ्री जितिसकेपछि हामी विश्वकप क्वालिफायस्रको निम्ति छनौट हुन्छौं । हामी त्यही समुहमा रहिरहनु जरुरी छ । त्यसपछि खेलाडीहरुलाई सुविधा र आथिर्क सहयोग आँउछ । त्यसैले हाम्रो पहिलो लक्ष्य भनेको माथिल्लो ८ असोसियट देशमा पर्नु हो ।
हामीले विश्वकपको सपना कहिले देख्ने ?
अहिले अलिकती चाँडो होला । ५० ओभरको स्टेटस पाउन सकिन्छ । हामीले अर्को टी-ट्वेन्टी विश्वकपको छनौट खेल्ने छौं । त्यसमा पनि सम्भावना छ । तर विश्वकपको सपना अलिकति टाढाको कुरा हो । तर मेहनत भने जारी नै रहन्छ ।
पहिलेका भरपर्दा ब्याट्स्म्यान शक्ति गौचन अहिले महत्त्वपुर्ण बलर बनेका छन् । यो रुपान्तरण कसरी ?
एसीसी टी-ट्वेन्टीको टोलीमा नपर्दा उनी एकदमै दुखी थिए । उनमा क्षमता थियो तर दुर्भाग्यवश टोलीमा पर्न सकेनन् । मैले उनलाई चयनकर्ता र मलाई गलत सावित गर भनेर चुनौती दिएँ । उनले यस चुनौतीलाई स्विकारे र निकै राम्रो गरे । धेरै मेहनत गरे र टिममा फर्के । उनको व्यवहार निकै राम्रो थियो र म सबै खेलाडीबाट यस्तै एटिच्युड चाहन्छु । आइपीएलपछि उनमा आत्मविश्वास बढेको छ । पहिले टिममा रहिरहन खोज्ने शक्ति अहिले बढी विकेट लिने र टिमको लागि योगदान दिने भएका छन् ।
शक्तिको मलेसियाविरुद्धको बलिङ प्रदर्शन पनि अविश्वसनिय हो ?
पहिले त मलाई पनि थाहा थिएन । उनले लगातार मेडन ओभर फ्याँकीरहेका थिए । इनिङसको ब्रेकमा स्कोररहरुले मलाई उनको बलिङग प्रदर्शन लिस्ट ए को इतिहासमा तेस्रो उत्कृष्ट प्रदर्शन हो ।
आगामी दिनमा नेपालको कि्रकेटको विकासको लागि कस्तो योजना र नीतिहरु जरुरी छन् ?
हामीलाई धेरै कुरा गर्नु छ । हाम्रो स्तरको देशहरुको ठुलो समुह बनाउन जरुरी छ । साथै नेपाल कि्रकेट संघले घरेलु कि्रकेटमा बढी समय खचिर्नु पर्छ । जब राष्ट्रिय एकेडेमी राम्ररी सन्चालनमा आउनेछ त्यसपछि धेरै खेलाडीहरुको बिकास गर्न सक्नेछौं । नोभेम्बरदेखि फेब्रुअरीसम्म यहाँ कि्रकेट नहुने भएकोले धेरै खेलाडीहरु बिदेशमा कि्रकेट खेल्न जानेछन् ।
यो गतिलाई रोकिन दिनु हुँदैन । सरकारी र निजी संस्थाबाट पनि सहयोगको आवश्यकता छ । केहि दिनपति बैठक गरेर हामीले योजना सार्वजनिक गर्दैछौं ।
कि्रकेटमा भविष्य बनाउन चाहने युवाहरुलाई के सन्देश दिन चाहनुहुन्छ ?
मैले आइसीसीको प्रायः सबै असोसियट देशको भ्रमण गरेको छु । तर नेपालमा जस्तो सम्भावना मैले अन्त कतै देखेको छैन । प्रतिभाशाली खेलाडीहरु प्रशस्त छन । खेल प्रेमीहरुबाट राम्रो समर्थन छ जुन कि्रकेट बिकासका लागि जरुरी कुरा हो । व्यापारिक सहयोग पनि भएको खण्डमा भविष्य निकै राम्रो छ । जब हामी हाम्रो लक्ष्यमा पुग्नेछौं । अहिले सुरुवातमा हामीले केहि त्याग गर्नुपर्छ । श्रीलंकामा ८० को दशकको स्थिति पनि यही नै थियो र हामीले उनीहरुबाट धेरै कुरा सिक्न सक्छौं ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
