Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विश्वकपः चार दक्षिण अमेरिकी टिम भिड्दै - Himalkhabar.com

खेलकुदशनिबार, आषाढ १४, २०७१

विश्वकपः चार दक्षिण अमेरिकी टिम भिड्दै

हिमालखबर

आज हुने पहिलो खेलमा आयोजक राष्ट्र ब्राजिल चिलीसँग भिड्दैछ । खेल नेपाली समय अनुसार राति ९ः४५ मा हुनेछ ।

पाँच पटकको विश्वकपको विजेता ब्राजिल र सन् १९६२ मा तेस्रो स्थान हासिल गरेको चिली यसअघि विश्वकपमा ३ पटक प्रतिस्पर्धा गरिसकेका छन् ।

ब्राजिलले सन् १९६२ को विश्वकपको सेमिफाइनलमा ४–२, सन् १९९८ को क्वार्टर फाइनलमा ४–१ र २०१० को क्वार्टरफाइनलमा ३–० ले चिलीलाई हराएको थियो ।

ब्राजिलका फरवार्ड नेयमारले चिली कमजोर प्रतिद्वन्द्वि नभएको बताइसकेका छन् । उनले पत्रकार सम्मेलनमा भने, “चिलीलाई कमजोर ठानेको खण्डमा ब्राजिलले ठूलो मुल्य चुकाउनेछ ।”

उता भरपर्दा स्ट्राइकर एलेक्सिस सान्चेजसहितको चिलीयन टीम पनि ब्राजिललाई उसको घरेलु मैदानमा हराउँदै इतिहास बनाउने दाउमा छ ।

तर समूह चरणमै ४ गोल गरिसकेका नेयमारको खेलबाट उत्साहित ब्राजिली टोलीका प्रशंसकहरु भने ब्राजिलले जित्नेमा ढुक्क छन् ।

कोलम्बिया भर्सेस उरुग्वे

मध्य राति १.४५ मा हुने दोस्रो खेलमा पनि दुई दक्षिण अमेरिकी टोली कोलम्बिया र उरुग्वे भिड्दै छन् । यी दुई टोलीबीच यसअघिका विश्वकपमा १ पटक मात्र भेट भएको छ । सन् १९६२ को समूह चरणको खेलमा उरुग्वेले कोलम्बियालाई २–१ ले हराएको थियो ।

यसपटक इटालियन खेलाडीले टोकेपछि फिफाबाट ४ महिने प्रतिबन्ध लगाइएका स्ट्राइकर लुइस सुवारेज गुमाएको उरुग्वेलाई नकआउट चरणको खेलमा सुवारेजको अभाव हुनेछ ।

उता कोलम्बियाका स्ट्राइकर रामाडेल फाल्काओ विश्वकप शुरु हुनु अघि नै घाइते भएका कारण टिममा सहभागी छैनन् ।

पहिलो दिनको नकआउट चरणका ४ वटै दक्षिण अमेरिकी टीम एकअर्का सँग भने राम्रैसँग परिचित छन् । त्यसैले यी टोलीबीच हुने खेल रोचक हुने विश्लेषकहरुको भनाई छ ।

दीपेन्द्र सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>